काठमाडौँ । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
बुधबार विहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिए ।
संबिधानमै भएको व्यवस्था अनुसार सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ ।
संसदको हिँउदे अधिवेशन यहि वैशाख १५ गते अन्त्य भएको थियो ।
.jpg)


