भदौ २९ काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार भइरहेको छ । प्राप्त विवरण अनुसार तीन जनाको पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२- ००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा घाइतेको अवस्था कस्तो छ?
-झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल-हात र खुट्टामा चोट, सामान्य ।
-मोरङ विराटनगर महानगरपालिका-३ का २१ वर्षाया पूजा रेग्मी- हात र खुट्टामा चोट (डिष्चार्ज)
-विराटनगर महानगरपालिका-३ का २१ वर्षीय सरोज पोखरेल- हात र खुट्टामा चोट (डिष्चार्ज)
-कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, शरीरमा चोट, सामान्य
-कन्चनपुर भीमदत्त नगरपालिका-१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, सामान्य
-जुम्लाको तिला गाउँपालिका-४ का २६ वर्षीय चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, सामान्य
-जुम्लाको तिला गाउँपालिका-४ का ३३ वर्षीय टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर
-बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका-४ का ४२ वर्षीय लालवीर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
-रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
-बर्दिया बाँसगढी नगरपालिका-८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर
-झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम
-कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम
-ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम
-सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का ४० वर्षीय रामबहादुर थापा, हात र खुट्टामा चोट, सामान्य
-हुप्सेकोट-३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु, खुट्टामा चोट, सामान्य
-हुप्सेकोट-३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर, टाउकोमा चोट, सामान्य
-पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली, छाती र पेटमा चोट, सामान्य
-कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर
-सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का ४२ वर्षीय मनकुमार थापा, ढाड र छातीमा चोट, मध्यम
-महोत्तरी बर्दिवास-७ का २३ वर्षीय रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।
.jpg)


