सोमबार, कार्तिक १७ गते २०८३
images
images

आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने एक दम्पती पक्राउ

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 300
    SHARES
  • आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने एक दम्पती पक्राउ

    भदौ २९ रुपन्देही । आठ महिना शिशुको हत्या गर्ने एक दम्पतीलाई पक्राउ गरेको छ । रुपन्देहीको गैडहवाका एक दम्पतीले आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरीका अनुसार गैडहवा ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन् ।
    मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

    हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हत्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ ।

    images