सोमबार, कार्तिक १७ गते २०८३
images
images

हाम्रा सन्तान, हाम्रो सोच र हाम्रा विद्यालय !

एक्सप्रेस पाना
जेठ २५, २०८० बिहीबार
  • 875
    SHARES
  • हाम्रा सन्तान, हाम्रो सोच र हाम्रा विद्यालय !

    अर्जुन मोहन भट्टराई / घर पहिलो विद्यालय हो तर, घरमा हुने हामी बाबुआमा कस्ता र्छौ । हाम्रो स्वभाव, चरित्र र आचरण कस्तो छ । त्यसको आधारमा घरबाट बच्चाले सिक्ने हो तसर्थ विद्यालयलाई सिकाई र बुझाईमा दोष दिनु र अहम ठान्नु कमजोरी हुन जान्छ । एकजना विद्यार्थीको अभिभावकलाई विद्यालयका शिक्षकले उक्त विद्यार्थिको बानी व्यहोरा सुधार गर्न फोन गरेर अभिभावकसंग कुरा गर्न लाग्दा बिहान ९ बजिसकेको थियो । 

    images

    अभिभावकले फोन उठाउनुभयो र उक्त विद्यार्थीको बारेमा शिक्षकले सोधनी गर्दा अभिभावकले उ त अहिल्यै उठ्दैन, उठायो भने गाली गर्छ भन्नुभयो यो अवस्थामा हामी अभिभावकबाट बच्चाको भविष्यको बारेमा कसरी के अपेक्षा गर्ने धेरै सोचनिय छ । शिक्षकाको मात्र प्रयासले पुग्दैन । “गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो:महेश्वर गुरु साक्षात् पर:ब्रह्मा तस्मै श्री गुरुवे नम:” भनि गुरुलाई सर्बेसर्वा मानिएको शास्त्रिय चिन्तन एकातिर छ । अर्कोतर्फ कलियुगको सूचना प्रविधि अर्को महान गुरु गुगल छ जव गुरुहरु नै बालबालिकाहरुको अध्ययनको लागी गुगललाई साध्य मान्दछन र गुगल तर्फ बालबालिकालाई मोडेर किताबी अध्ययन ज्ञानलाई उपेक्षा गर्दछन तव बुक कल्चर ह्रास हुँदै जान्छ न त गुरुमा हुने गुणहरु अहिलेका शिक्षकहरुमा छ शिक्षकले प्रथमत के बुझनु पर्छ भने यो पेशा पैसा कमाउनका लागि हुदै होइन यो त सेवा हो पैसा कमाउन चाहानेले त व्यापार गर्नुपर्छ ।

    कुनै जमानाको कुरा हो एक शिक्षक नदि तरेर पारी जान सकेनन नदि बिशाल थियो उनलाई पौडन आउदैनथ्यो । त्यस शिक्षक नदि वारी बसेर पारी जान कुर्दै थिए उनले नदिमा डुंगा चलाएर मानिस लाई वारपार गराईरहेको बोटेलाई अनुरोध गरे मलाई पारी लगिदिनुहोस शिक्षकको योकुरा सुनेपछि बोटेले सर्त राखे कि मेरो बच्चाहरुलाई आखाँ देखाइदिनुहोस यो कुरा सुनेपछि ति सिक्षकले बरु पारी जान्न कि त पारी तर्दा बगेर मरेपनि मर्छु तर बच्चालाई आखाँ देखाउन सक्दिन किनकी यो दुनिया सबैभन्दा गाह्रो काम बच्चालाई शिक्षा दिक्षा दिनु हो तसर्थ अरु जागिर नपाए शिक्षक त भैहाल्छ नी भन्ने भ्रम छोडनु होस् ।

    images

    यो स्थिति किन आयो सोचनिय छ जव शिक्षा र स्वास्थ्य जस्तो अपरिहार्य कुरालाई बिक्रयको बस्तु मानेर शासकहरुले यस्को रस लिन सोच राखे । यसै अनुरुप शिक्षालाई २०४६ पछि बिक्रिकरण गरियो । शिक्षाको आधारमा वर्ग बिभाजन हुने सामाजिक प्रारुप बन्दै गयो । “काक चेष्टाबको ध्यानम, स्वान निद्रातथैवच, स्वल्पहारी, गृहत्यागि, विद्यार्थि पंच लक्षणम” भन्ने भनाई छ जसमा विद्यार्थिलाई विभिन्न गुणले सम्पन्न विलक्षणी तथा एकचित्त हुनुपर्ने हुन्छ । कम खाने, घर व्यवहारबाट मुक्त, काग जस्तो चलाख, बकुल्ला जस्तो ध्यान गर्ने हुनुपर्छ यो सब गुण आजकलका विद्यार्थीमा भेटिन्न किनकी हाम्रो हेरचाह, खानपान र हुकाईमा समेत अनुशासन र्छैन । स-साना नानीका अगाडि अभिभावकले चुरोट तान्ने, नशा लिने, मदिरा सेवन गर्ने गर्छौ । यसबाट बालबालिकाले के सिक्छन । हामीसंग नै संस्कार छैन अनि हामी विद्यालयबाट महगो शुल्क तिरेर बच्चामा संस्कार घुसाउन र थोर्पान चाहान्छौ । पैसाले संस्कार किन्न सकिन्न । रिचार्ड व्रानसनले भने जस्तै “बच्चाहरुलाई नियमले बाँधेर सिकाउनु भन्दा लडदै र बढ्दै सिक्ने वातावरण दिनुपर्छ”। यो विषयलाई बिचार गर्दा बालबालिकाहरुलाई विद्यालय पठाउनु अगाडि अभिभावकहरुले विद्यालयको सबै पक्षहरुमा बिचार पुर्याउनु पर्छ विद्यालयमा शिक्षक खटे जस्तै यौ सन्तान बनाउन अभिभावक खटनुपर्छ ।

    १. यसमा प्रधान कुरा बच्चाको सर्वाङ्गिण बिकास (होलिष्टिक डेभलपमेन्ट) हो र अन्य बिषय गौण हुन । बच्चाको सर्बाङ्गिण बिकास भनेको के हो त खासमा यो शण्द अमुर्त जस्तो लाग्छ तर यसको अर्थ व्यापक र प्रष्ट छ । जसमा बच्चाको शारिरिक, सामाजिक, बौद्धिक, नैतिक, आध्यात्मिक र भावनात्मक बिकास पर्छ । यो सबै हाशिल गर्ने वातावरणमा बच्चालाई विद्यालय उपयुक्त हुन्छ।

    २. बच्चा हुर्कने, बढने उमेर भएकाले खेल, व्यायाम,शारिरिक कसरत, अतिरिक्त कृयाकलापहरु चाहिन्छ साथै आध्यात्मिक भन्नाले धर्म, संस्कृति, मुल्य, परम्परा, मान्यता अनुशाषनको बाताबरण स्कुलले प्रदान गर्नुपर्छ । बच्चाहरुलाई घरपरिबार, समुदाय, समुहमा बस्ने घुलमिल हुने सेयरिङ्ग र केयरिङ्ग विद्यालयस्तरबाटै सिकाउनुपर्छ । तर्क,ज्ञान, बिश्लेषण, छलफल, बिर्मश, कारण असरहेर्ने, प्रश्न जिज्ञाशा राख्न सक्ने निर्भिक बनाउनु पर्छ ।

    ३. किताबी ज्ञान अलावा अन्य सन्र्दभ समाग्रि दिएर देखाएर, पढाएर, सुनाएर, भ्रमण गराएर सवल बनाउनुपर्छ । यो सबै कुरा विद्यालयबाट मात्र सम्भव छ तसर्थ यी कुराहरुका लागि यस्ता विषयमा जानकार विज्ञ शिक्षक शिक्षिकाहरु हुनुपर्छ ।

    ४. कस्तो विद्यालयलाई राम्रो भन्ने के के हुन सक्छन ति जसमा भौतीक पक्ष, सैद्धान्तिक पक्ष तथा मानव स्रोत पक्ष र रणनितिक पक्षहरु पनि पर्दछन । सुबिधा सम्पन्न परिवारमा हुर्केका, दुख कहिल्यै नभोगेका बालबच्चाहरुलाई विद्यालयमा भौतीक पक्ष, पुर्वाधार, भवन, खेल मैदान, सौचालय, पुस्तकालय, कक्षा कोठा, ल्याव सुविधा सम्पन्न हुनैपर्छ । त्यस अलावा पढाई र सिकाईका लागि बान्छनिय तत्व राम्रो सहजकर्ता तथा मार्गदर्शक अर्थात शिक्षक अपरिहार्य हुन्छ ।

    ५. अभिभावकले के कुरामा ध्यान दिने यो बिषयमा बिभिन्न मतैक्य छन । तथापी विद्यालयका गत वर्षका नतिजाहरुलाई हेरेर विद्यालय राम्रो नराम्रो छुट्याउन सकिन्छ यतिमात्र आधारमा हेरेर स्कुल ठिक बेठिक भन्नु अन्यथा होला अन्य आधार के हुन जस्तो कि विद्यालय कति वर्ष पुरानो हो विद्यार्थि संख्या कति छ, कुन तहदेखी कुन तहसम्म अध्ययन गराईन्छ । कतिपय अभिभावक एउटै स्कुल भए पछिसम्म यहिँ राख्दा हुन्छ विद्यालय फेरिरहन परेन भन्ने पनि सुनिन्छ । पुरानो स्कुल भएको कारणले केहि मात्रामा अनुभवले सिकाईमा निखार अवश्य हुन्छ नै ।

    ६. वालवालिकाहरुको सर्वाङ्गिण विकासको लागि खेल, सिकाई,समायानुकुल पाठ्यसमाग्रि, शिक्षक शिक्षीकाको व्यवहार, अनुशाषनको पालना, अतिरिक्त कृयाकलाप, विद्यालयको भौतीक अवस्थालाई पनि ध्यान दिनुपर्छ । रङ्ग हेरेर घर किन्ने र रुप, अनुहार हेरेर बिबाह गर्नेहरु पछुताएझै गरि हामी आम आमा बुबालाई आफ्ना छोराछोरीको स्कुल भर्नामा पछुतो नहुने गरी सोच्न जरुरी छ २०६८÷६९ साल तिर नयाँ बच्चा जन्मेको पहिलो सन्तान हौसिएर घरदेखि सात किमि परको पुर्व प्राथमिक स्कुलमा भर्ना गरे । पछिमात्र थाहा भयो कि मैले गलत गरेछु। सबै आफन्तीले गालिगरेपछि बुद्धि फिर्यो । के भोगान अमेरिकि लेखकले भने जस्तै बच्चालाई तिमि यहाँ सम्म कसरी आईप’यो भनेर सोध्दा उनिहरुको जवाफ थियो त्याग । अभिभावकले निद्रा, समय, स्वतन्त्रता, पैसा र आत्मियता लगायत धेरै कुरा गुमाउछन ।

    हामी सबै अभिभावकमा त्यो त्याग आवश्यक छ जुन हामीले उपयुक्र्त समयमा उपयुक्र्त ठाउँमा गनुपर्छ त्यसको मुल्य देशले असल नागरिक पाउँछ। बेलायती अभिनेत्री इमा वाटसनले भने झै “म स्कुल केवल शैक्षिक प्रमाणपत्रको लागि गएको होईन म आफ्ना बिचार, अनुभव र ज्ञानहरु आफ्ना वरपरका सिक्न उत्साहिहरुमा बाड्न चाहान्छु” यो भनाईलाई पुष्टि गर्ने वातावरण बिद्यालयमा अवश्य हुनुपर्छ विद्यालय भनेको भौतीक वातावरण डेस्क बेन्च खेल मैदान मात्र हैन यो भित्र रहेका दिमाग अनुभव कला सिप पनि हो जस्ले भौतीक वातावरणको परिवेस र सहायतामा ज्ञान प्रस्फुरण गराउछ जागरुकता ल्याई बालबालिकामा लुकेर रहेको प्रतिभा उजागर गराउछ ।

    बिना पुजारीको मन्दिर जसरी सुन्य हुन्छ त्यस्तै भौतिक सुविधा सम्पन्न विद्यालय तर दक्ष, योग्य, विज्ञ,अनुभवि समर्पित मानवस्रोत कमी छ भने साँचो उपलव्धी सिकाई हुदैन भलै विद्यार्थी सुबिधाले मख्ख र दंग पर्लान, उप्रान्तमा उनिहरु निराश हुनेछन । “असल शिक्षक विद्यार्थि र समाजको लागि ऐना हो “यो भनाईले पनि सिद्ध गर्छ कि विद्यालयमा रहेका विद्यमान मानव संसाधनले स्कुलको स्तर, योग्यता, गुणस्तर पहिचान गराउँछ । सबल योग्य शिक्षक र शिक्षीका भएपनि विद्यार्थी शिक्षक अनुपात नमिलेमा सिकाई अपुर्ण हुन्छ । केहिदिन अगाबै एकजना आफन्तसंग भेट हुदा सोधे बच्चा कत्रा कत्रा भए कहाँ पढ्छन् ति आफन्तले आफ्नो छोरा घर देखि १५ किमि टाढाको विद्यालयमा पठाएको बताए । मनमा खुल्दुलि बढ्यो त्यो टाढाको स्कुलमा के छ तेस्तो, ति आफन्त लोभिने नाम चलेको ब्रान्डवाला, फ्रेन्चाइज स्कुल या बिदेशी संलग्न स्कुल या आइएसओ प्राप्त आदि कुराहरु पनि बजारमा छन् ।

    स्कुल छान्ने मापदण्ड के हो त्यस्तो जसमा बच्चाहरु लाभदायी हुन्छन् । होटलमा सेफ, नर्सिङ होम्समा डाक्टर, फिल्ममा हिरो, कम्पनिमा सञ्चालक हेरेजस्तो मुल्याङकनमा विद्यालय छनौट विधि मिल्दैन तथापी विद्यालयका अवयवहरुलाई सोच्नुस पर्ने हुन्छ । विद्यालयमा बास्केटबल, कोर्ट, ड्रेस, स्विमिङपुल, क्यान्टिन आदि हेरेर पनि अभिभावकहरु लोभिन्छन । कुनै-कुनै अभिभावकहरु छिमेकिले, आफन्तले पढाएको विद्यालयमा पढाउन चाहान्छन भने कोही चाहि फलानो स्कुलमा बच्चा पढाएको छ भनेर गर्ब गर्छन् । कतिपय अभिभावक मेरो बच्चाले फरर्र अंग्रेजि बोल्न सकोस भन्ने गरेको पाइन्छ । अंग्रेजी मात्र भाषा हो सबथोक होईन ।

    अनुशाषन, आचरण, व्यवहार, सुसंस्कृत हुनुस अति महत्वपुर्ण बिषय हो । यो कुरा अभिभावकले बुझ्नुपर्छ । “मेरो छोराले ए प्लस ल्यायो तर एक ग्लास पानी ल्याउ भनेको ल्याउदैन” अव बुझौ हामी स्कुलबाट बच्चालाई संस्कार जानेर, बुझेर, पढेर  व्यबहारमा ल्याउनु आशा गर्छौ तर हामी स्वयम संस्कारी छैनौ वा कति छौ यो पनि मनन गर्नुपर्छ । हामी विभिन्न सोचका अभिभावकहरु भेट्छौ कोही मलाई पैसाको मतलव छैन मात्र मेरो बच्चाले राम्रो पढन परयो । अर्कोथरी अभिभावक जो हरेक पटक भेट्दा बच्चाको नकारात्मक कुरा ल्याउछन । कोही अभिभावक म भ्याउन्न विद्यालयले सबै कुरा गर्दिनुपर्छ बरु म पैसा तिर्छु । अर्का थरि अभिभावक जो हमेसा शिक्षक विद्यालय वातावरण साथी संगतीको बारेमा सदैव सिकायत गर्छन । कोही अभिभावक सिधासाधा विद्यालयले भनेको मान्ने तर आफुमा कुनै ज्ञान नभएको पनि छ ।

    विद्यालयहरुमा हेर्दा घुम्दा, बुझदा पनि हरेक विद्यालयमा फरक फरक दृष्टिकोण देखिन्छ उदाहरणको लागि अंग्रेजी बोलौ, मात्र अंग्रेजी बोलौ, सुद्ध अंग्रेजि बोलौं । साथै हरेक विद्यालयका प्राथमिकता पनि फरक छन् । अमेरिकि कलाकार जान्डयाको बिचारमा “तिमि अरु भन्दा फरक बन्नु मेहेनत नगर,निश्चयनै अरुसंग जोडिन प्रयास नगर, तिमि जहाँ छौ त्यहि बस आफनो काममा तल्लिन हौ”यसको तात्पर्य हाम्रो सन्तान बच्चाबच्चिहरुको इच्छा र चाहनालाई बुझ्नुपर्छ । उनिहरु हाम्रो इच्छामा हिड्ने हैन कि उनिहरुलाई उनिहरुकै चाहना, भावना, इच्छामा हिड्न दिनुर्छ तर हरेक कुराको फाइदा र बेफाइदा उनिहरुलाई बुझाउनुपर्छ र रोज्न दिनुपर्छ । संस्थागत विद्यालयले, सुरुका दिनहरुमा निजि विद्यालयहरुले दार्जिलिङ्गबाट शिक्षक ल्याउने चलन थियो अव त्यो कम छ । साथै कोहि अभिभावक मेरो बच्चाले बिषयबस्तु अर्थात शैक्षिक ज्ञान प्रचुर मात्रामा होस बाँकी म आफै सिकाउछु अभिभावकहरु भन्नुहुन्छ । संस्कार, मुल्य, मान्यता, धर्म ,आचरण, अनुशाषनको लागि विद्यालयबाट नै सिक्नुपर्छ भन्नेहरुको पनि जमात कम छैन ।

    हुनत हाम्रो पुस्ताले अव्राहम लिंकलने उहाँको बच्चाको विद्यालयको शिक्षकलाई लेखेको पत्र आज पनि सम्झन्छ जसमा मेरो बच्चालाई किताव बाहिरको कुरा विषयबस्तु पढाउनु भनिएको थियो । हुन पनि हो किताव सहज उपलव्धहुने वस्तु हो तर ज्ञान, सिप, कला, बिबेक, अनुशासन, चरित्र, जुन शिक्षकमा हुन्छ त्यो बालबालिकामा हस्तान्तरण हुनुपर्छ । पाठ्यक्रम अनुसारको विषयबस्तु लाई जोडेर व्यबहारीक ज्ञान दिनुपर्छ । जसले उनिहरुलाई असल बनेर बाँच्न सिकाउछ तसर्थ शिक्षकलाई ऐनाको रुपमा लिइन्छ ।

    कतिपय अभिभावकहरु विद्यालयले अतिरिक्त कृयाकलापमा जोड दिए हुन्थ्यो भन्ने सुनिन्छ कोहि अभिभावक बच्चालाई झोला किताव कम होस, गृहकार्य कम होस, बच्चाले आरामले सिकोस, तनाव दिनु हुन्न भन्ने सोच पाइन्छ । यो उमेर समुहमा पनि निर्भर हुन्छ । “लालयेत पंच वर्षाणी, दश वर्षाणि ताडयेत, प्राप्तेसु शोडषे वर्षे पुत्रं मित्रबदाचरेत” यो भनाईले के बुझाउछ भने पाँच वर्षसम्म मायाले पाल्ने ,दश वर्ष सम्म कडा व्यवहार गर्ने, पन्ध्र वर्षमा मित्रवत व्यवहार गर्ने शास्त्रिय मान्यता छ तर यो मान्यता पुरानो समयको हो अव यो बिचार मान्यता बदल्नुपर्छ किनकी दुनियालाई समयले बदल्न बाध्य बनाएकोछ ।

    विद्यालयमा सजाय दिनुपर्छ कडा हुनुपर्छ ,अनुशाषनमा राख्नुपर्छ, सिकाउनुपर्छ भन्ने ठूलो जमात छ । यी सबै अभिभावकहरुका मान्यतासंगै शुल्क तिर्न सक्ने क्षमता पनि सोच्नुपर्छ । महगो कुराको लगाव तथा लालशा अर्को समाजको कमजोरी हो । “सबै चम्किने बस्तु सुन हुदैनन” भने झैं तडकभडक र साजसज्जाले विद्यालय राम्रो देखिन्छ तर भित्रि रुपमा कति शवल छ त्यो पनि बुझनुपर्छ । हामी कहाँ बढि सिफारिस चल्छ साथीभाई र आफन्तले भनेका र गरेका कुरामा विश्वाश गर्ने अभिभावक धेरै नै छौ ।

    शहरका घरमा ३÷४ आनामा जमिनमा खुम्चीएर बसेका बच्चाहरुलाई फराकिलो ठूलो चौर रहेका विद्यालयमा पढाउने अभिभावकको इच्छा गलत होईन तर खेल मैदानले मात्रपुग्दैन अन्य बिषय पनि गहन छन् । खेल तथा अतिरिक्त कृयाकलाप अहम होइन तर महत्वपुर्ण हो । शारिरिक बृद्धि र स्वास्थ्यको लागि स–साना बच्चालाई खेल अनिवार्य बिषय हो । २७८९० सामुदायिक र ६९२६ संस्थागत विद्यालय रहेको देशमा राम्रो विद्यालय कसरी छान्ने अभिभावकहरुमा समस्या छ । धेरै विद्यालय परिवर्तन गरिरहदा पनि बालबालिकाहरुमा समस्या हुन्छ तर जागिरे, डेरावालका बच्चाहरुमा यो जटिल समस्या छ । अहिले विद्यालयहरु धेरै निजि गुठिमा दर्ता छन केहि निजि गुठि अव्वल पनि छन् । अर्को तर्फ सरकारी विद्यालयमा विद्यालय सञ्चालक समितिको अध्यक्ष बन्न भोज खुवाएको घटना पनि सुन्नमा आए अर्को तर्फ गुल्मिमा अभिभावकले निजिबाट बच्चा सरकारीमा सारे । बुटबलको कालिका, बालाजुको तरण मावी, कलङकीको ज्ञानोदय, ललितपुरको आर्दशसौल, पोखराको अमरसिहं, पाल्पाको दमकडा मावी जस्ता नाम पनि अव्वल सरकारी स्कुलमा लिन सकिन्छ । केहि सरकारी पनि अव्वल छन कोहि निजि पनि अव्वल छन् ।

    बालबालिकाको विद्यालय हेरेर अभिभावकलाई जोख्ने, तौलने संकिर्ण समाजमा रहेका हामी आम नेपालीमा विद्यालय छनौट गर्दा मुल विषयमा प्रवेश नगरि बाहिरि आवरणमा भुलिरहेका त छैनौ यो यक्ष प्रश्न हो । “नो विटिङ्ग पोलिसि”को कुरा एकातर्फ छ भने अर्कोतर्फ सहभागितामुलक, सिकाई सहज सिकाई अर्को पक्ष हो बच्चाहरुले विद्यालयमा सहज र सरल किसिमले सिक्ने वातावरण हुनुपर्छ । अल्वर्ट आइस्टाइनको भनाईमा “विद्यार्थिहरुको रचनात्मक अभिव्यक्ति र ज्ञान जगाउन रमाउने शिक्षकको सर्बोच्च कला हो” । शिक्षकको ज्ञान, सिप, क्षमता, सिकाईप्रति जागरुक उत्साह र अनुभवले बालबालिकाहरुको सिकाईमा खास महत्व राख्छ ।

    महंगो विद्यालयमा बच्चा पढाएर दंग पर्ने, समाजलाई देखाउनु पर्ने, तडकभडक गर्ने अभिभावकको स्वभावले कतै बालबालिकाहरुको भविष्यमा असर त गर्दैन सोचनिय बिषय छ । साथै कतिपय अभिभावकको मनोविज्ञान ठूलो महंगो विद्यालयमा पढाउदा ठूला वडासंग संगत हुन्छ पछि जिउन, बाँच्न सहज हुन्छ भन्छन यो तर्क ठिक बेठिक आफनो ठाउँमा छ तर यसका लागि नै विद्यालय छनौट गर्नु गलत जस्तो लाग्छ । केहि अभिभावकले बच्चालाई राम्रो विद्यालय भनेर ३० किमि टाढा सम्म पठाएको यथार्थ पनि छ । ”कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धी“ भने झै आ-आफनो सोचको उपज हो ।

    विद्यालय छनौट गर्दा क्षणिक छुट, आफन्तको भनसुन र सिफारिस, बाहिरि सजावट, नारा, प्रचारवाजीमा कदापी विश्वास नगर्नुहोस । यसका लागि आफनो बच्चाको क्षमता आफनो क्षमता, स्तर, तह, ज्ञानको तह, बच्चाको इच्छा र आकंक्षा, घरमा रहेका अन्य बच्चाले पढने विद्यालय, उनिहरुको तह, परिवारका सदस्यहरुको अध्ययन, ज्ञान, क्षमता आदिको पनि हेक्का राख्नुपर्छ । आजकल विद्यालयले बस प्रयोग गर्ने बाध्यता छ । विद्यालय कति टाढाको दुरिमा पर्छ विद्यालयमा शिक्षक र शिक्षिका कति नयाँ र पुराना छन् आदि समेत बुझ्न सकिन्छ । साथै एउटा कक्षा कोठामा कति बच्चा राख्छ, शिक्षकको संख्या कति छ, विषयगत ज्ञान भएका शिक्षक कति छन्, शिक्षक विद्यार्थि अनुपात कति छ, विद्यालय समय कतिबेला हो, कुन बेला छुट्टि दिइन्छ यो विषय पनि जान्न बुझन जरुरी छ ।

    वर्षमा विद्यालय खुल्ने २०० दिन मात्र हो बाँकी बिदा हुन्छ जसमा बच्चा स्कुलमा बिताउने समय दैनिक ६ घन्टा हुन्छ जसमा उस्ले खेल्ने, पढने, लेख्ने सिक्ने काम गर्छ । हामीसंग कामकाजी अभिभावकको कुरा गर्दा अभिभावक यानी बुबाआमाले बच्चा घरमा भेटने समय भनेको बेलुकी सात बजेदेखि बिहान सात बजेसम्म हो जसमध्ये सुत्ने समय घटाउदा साँझ दुई घन्टा र बिहान १ घन्टा मात्र हो । बाँकी समय हजुरबाबा हजुआमा संग बच्चाको समय बित्छ । उहाँहरुको पुस्तार बच्चाको पुस्ता धेरै फरक छ । त्यसैले सोच पनि फरक हुन्छ ।अझ कतिपय परिवारमा त पुरानो पुस्ता हजुरआमा हजुरबुबा नभएर केवल घरेलु काम गर्ने सहायकमात्र पनि हुन्छन् । बच्चाले उनिहरुसंग समेत समय बिताउनु पर्छ । अधिकांश सक्रिय समय विद्यालयमा नै बिताउछ तसर्थ राम्रो सिकाई तथा अध्यापन गर्ने विद्यालय खोज्नु उत्तम हुन्छ । ”संगते जायते फलम“ भएकाले राम्रो संगतको लागि सहि, राम्रो, सभ्य, अनुशासित विद्यालयमा पठाउनु पर्छ किनकी बच्चाले साथिभाईहरुसंग विद्यालयमा धेरै कुरा सिक्छ । कालिल गिवरानले भने झैं “तपाईको बच्चा तपाईको होइन किनकी तपाई उस्को बायोलोजिकल बुबा आमा हुनुहुन्छ“ तर बच्चाको इच्छा, चाहाना, रोजाई, छनौट आ–आफनै हुन्छ ।

    हरेक बच्चा भिन्न र बिशेष हो । तसर्थ विद्यालय छनौटमा पनि उनिहरुको भावना र बिचार समेटनुपर्छ भलै निर्णय अभिभावकले गर्ने हो । हामीलाई हामी र हाम्रो अनुपस्थितीमा पनि बच्चा एक्लै बाँच्न सक्ने बनाउनुपर्छ त्यसका लागि यावत बिषयमा संलग्न गराउनुपर्छ । किताबी ज्ञानले मात्र पुग्दैन । सधै उनिहरुका सामु हाम्रो भौतीक उपस्थिति नहुन पनिसक्छ यो कुत्यलाई बुझि र बुझाई हामीले उनिहरुका लागि सहि विद्यालय चयन गर्नुपर्छ ।

    चयनमात्र गरेर पुग्दैन बेला बेलामा समय निकाली विद्यालय पुगेर अनुगमन गर्नुपर्छ । विद्यालयबाट हामीले बच्चाको लागि आर्ट अफ लिभिङ्ग समेत अपेक्षागरेका छौ । जसका लागि सबल, उत्कृष्ट, लगनसिल स्रोतव्यक्ति शिक्षक र शिक्षिका रहेका विद्यालयको छनौट गर्नु जरुरी छ । आजकल त विद्यालयका वेभसाइट पनि छन जसमा विद्यार्थिका शैक्षीक तथा अतिरिक्त क्रियाकलापहरुका बारेमा जानकारी र विवरणहरु हेर्न, जाँच्न र बुझ्न पनि सकिन्छ यस बिषयमा अभिभावकहरु सचेत हुनुपर्छ । “घाँटि हेरी हाड निल्नु” भन्ने विषयमा पनि सोच बिचार गर्नुपर्छ सायदै आजका सचेत अभिभावकहरुलाई आफनो आयको प्रमुख खण्ड सन्तानको शिक्षा दिक्षामा लगाउने बाध्यात्मक अवस्थामा सहि विद्यालय छनौट चुनौतीपुर्ण छ । 

    विद्यालयका गतिविधि क्रियाकलाप सिकाई ,अध्यापन आदि बिषयमा समेत चनाखो हुनुपर्छ र आवश्यक परे विद्यालय पुगेर सोधपुछ र जानकारी लिन हिच्किच्याउन हुदैन । किनकी बच्चा हाम्रो हो जिम्मेवारी हाम्रो हो । एकजना साथी उस्को छोराको स्कुलमा गएछ बच्चाको बारेमा सिकायत गरेछ शिक्षीकाको उत्तर थियो तपाईको बच्चा हामी संग बस्ने सात आठ घन्टामात्र हो बाँकी सोह्र घन्टा तपाई संग हुन्छ तपाईको सहयोग विना विद्यालयले केहि पनि गर्न सक्दैन यो कुरा बाट प्रष्ट हुन्छ भने अभिभावको भुमिका महत्वपुर्ण छ । कतिपय अभिभावकहरु बच्चाको विद्यालयमा जाने र भेटने, कुरा गर्ने बिषयमा चुकेको पाइन्छ जबकी बच्चाहरुले उनिहरुको बारेमा विद्यालयको गतिविधिको बारेमा झुट पनि बोलिरहेका हुन्छन ।

    बच्चाहरुले बाबुआमाको बेफुर्सदिको नाजायज फाइदा लिएका हुन्छन् । हामी बारी खेतमा तरकारी रोप्छौ कति पटक हामी त्यो बारीमा जान्छौ, गोडमेल स्याहार सुसार गछौ,मल र पानी राख्छौ । अनि मात्र तरकारी फल्छ । बच्चाहरु पनि तेस्तै हुन केवल सहि विद्यालय छनौटबाट अभिभावकको जिम्मेवारी पुरा हुन्न । यसका लागि निगरानी अनुगमन भेटघाट छलफल गन७३घढर्सपर्छ । हाम्रो समाजमा कहावत छ “धावन्ते खेती सेवन्ते राजा”। खेतीबालीमा धेरै रेखदेख गर्नुपर्छ । राजाहरुको सेवा गर्नुपर्छ । आजको अवस्थामा विद्यार्थीले नेपालीभाषामा सामान्य निबेदनपनि लेख्न सक्दैनन नत नेपाली भाषामा अंक भन्न सक्छन । यो स्थिति आउनको पछाडि हामी अभिभावकको लापवार्हि र हेलचक्रयाइ पनि हो हामी हदैसम्म जिम्मेवार छौ ।सोचबिचार गरेर लगानी गरौ । शिक्षाको लगानि डुब्दैन यसबाट उप्रान्तमा प्रतिफल मिल्छ । सन्तानको भविष्यको बारेमा सहि निर्णय लियौ । भर्ना अव्वल स्कुलमा गरेर मात्र पुग्दैन । निगरानी अनुगमन पनि चाहिन्छ कति विद्यालयले त अभिभावक सुन्दैनन कति विद्यालयमा अभिभावकनै पुग्दैनन कथा व्यथा आआफनै छन् ।

    मलत, पढने पढाउने मामिलामा सरकारी पार्टि कर्मचारी जेसुकै होस अभिभावक नै आफनो सन्तानको भविष्य निर्माणमा बेफिक्रि भेटिन्छ कारण जेसुकै होस त्यो आफनो ठाउँमा छ तर अभिभावकको केफुर्सदि, लार्पवाहि ,अज्ञानता विद्यालय विद्यार्थी बिग्रनुको कारक तत्व हो तपाईको सन्तान तपाई स्वयमलाई मतलव छैन भने दुनियालाई के वास्ता सोचौ, बुझौ, जानौ चासो राखौ । सचेत बनौ, तपाई अभिभावक सचेत बने सबै सुध्रिन्छ हाम्रा सोच, बच्चाको रोजाई र सोचाई र विद्यालयको पृष्ठभुमि मिल्नु आवश्यक छ । अभिभावकले आफ्ना वच्चाबच्चिको पढाई अध्ययनको चिन्ताका साथ आफनो जिवनसैलिमा सुधार गर्नुपर्छ ।