मंगलबार, श्रावण १२ गते २०८३
images
images

बलिदान अनि न्याय... नयाँ पुस्ताको आवाज

भाद्र २८, २०८२ शनिबार
  • 850
    SHARES
  • बलिदान अनि न्याय... नयाँ पुस्ताको आवाज

    काठमाडौं । सर्वप्रथम सम्पूर्ण जेन जी परिवारहरुलाई हार्दिक बधाई छ । यहाँहरुको अथक प्रयास र बलिदानबाट मात्र यो विसंगती सरकारको अन्त्य र नागरिक हक, हित र अधिकारको सम्भावना बोकेको भूतपूर्व प्राधानन्यायधिश शुसिला कार्की (नेपालकी प्रथम अन्तरिम महिला प्रधानमन्त्री) ज्यूको नेतृत्वमा नयाँ ढंगले सरकार बन्न गई रहेको छ ।

    images

    यस आन्दोलनमा दिवंगत हुनुभएका जतिपनि युवा—युवतीहरुमा श्रद्धान्जली व्यक्त गर्दै अब बन्ने सरकारले, शाह/राणा काल देखि २०४६,२०६३ र आजको दिनसम्म जो जति नेपाली नागरिकहरुले यो देशको लागि बलिदान दिए, सबैलाई सम्झेर फरक धारबाट देश र जनताको हक, हित र अधिकारमा रहि संविधान बनाउनु पर्ने हुन्छ ।

    बिगत ३६ वर्षको कालो रातपछि उज्यालोको तर्फ उन्मूख हुन गईरहेको यस सरकारले ती सबै घटनाहरुमा ध्यानकर्षण गर्दै हरेक दोषीमाथि कडा कारबाहि गरी आगामी वर्षहरुमा क्रम र द्रुत गतिमा देश विकास र जन हितको काम गरेमा मात्र नागरिकहरुले दिएका बलिदानको औचित्य रहन्छ अनि मात्र न्यायको अर्थ रहन्छ ।

    images

    यहि नै हो नयाँ पुस्ताको आवाज !!!

  • सम्बन्धित विषय:

  • # जेन जी