म देशको सिपाही भएको छु।
म देशलाई बनाउँछु।
सबैको आँखाको आशाको किरण बनेको छु।
यो देशको झन्डा माथि उठाएको छु।
मेरो नयाँ दिन आयो, देश बनाउनेछु।
म देशको शान हुँ।
हामी एक हौँ, हामी सबैले एक हुनु छ।
मन खुसी बनाउनु छ, धर्तीमा खुसी ल्याउनु छ।
देशको इज्जत जोगाउन बलिदान हुनु छ।
देशको माटोमा हाम्रो माया छरिएको छ।
हामीले यो देशलाई चाहनामा राख्नु छ।
देशभक्तिको धारा प्रत्येक नशामा बग्छ।
मेरो देश एकताले बाँधिएको छ।
मेरो यो देश हाँसोले भरिएको छ।
हामी आफ्नो जीवन आफ्नो हातमा राख्छौँ।
सबै देशवासीको आवाज बनेर आउने छौ।
म देशको सिपाही भएको छु।
म देशलाई बनाउँछु।
सबैको आँखाको आशाको किरण बनेको छु।
यो देशको झन्डा माथि उठाएको छु।
लेखक:गोबिन्द राज ओझा (राजन)
ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


