सोमबार, कार्तिक १७ गते २०८३
images
images

विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालको मृत्यु 

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 392
    SHARES
  • विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एक बालको मृत्यु 

    भदौ ३० बनेपा ।  काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो ।

    images

    खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । 

    images