शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने

एक्सप्रेस पाना
आषाढ २९, २०८० शुक्रबार
  • 217
    SHARES
  • हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने

    घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ । 

    images

    यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । 

    प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो । 

    images

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायत चार वटा तालिमप्राप्त कुकुरसहित प्रयोग गरी प्रहरीले खोजी गरेको उहाँले जानकारी दिनुभयो । 

    प्रहरी उपरीक्षक केसीले शवलाई पोष्टमार्टमका लागि पठाएको जानकारी दिँदै मृतकका भिसेरा जाँचसमेत गर्न पठाएको बताउनुभयो । त्यसको रिपोर्ट आएपछि मात्रै के र कसरी मृत्यु भयो भन्ने जानकारी आउने उहाँले जानकारी दिनुभयो ।