सोमबार, कार्तिक १७ गते २०८३
images
images

बर्दियामा करेन्ट लागेर एकै परिवारका तीनजनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 286
    SHARES
  • बर्दियामा करेन्ट लागेर एकै परिवारका तीनजनाको मृत्यु

    असोज २ बर्दिया । धानखेतमा जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।

    images

    छिमेकीले जंगली बँदेल र हात्ती धपाउन राखेको विद्युतीय पासोमा परी ठाकुर बाबा नगरपालिका-३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो ।

    images

    धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिले जनाएको छ ।