कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिइने भएको हो।
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै भदौ ४ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्।

.jpg)


