आखिर श्रीकृष्ण रहेछ एक ,न भक्ती भो ज्ञान न भो बिबेक” महाकबी लक्ष्मी प्रसाद देबकोटाको भनाई मार्मिक छ ।
धर्म, कर्म, ज्ञान, पुजा, आस्था जिवन हुदै रहदै गर्ने हो । कृष्ण जन्मअष्टमी पनि महान पर्व हो । यो पर्वमा ब्रत बस्ने गरिन्छ । कृष्णअष्टमीमा एक दिन मात्र खुल्ने मन्दीर कृष्ण मन्दिर हो ।
यहाँ ठुलो भिड लाग्छ दर्शनार्थीले भगवानलाई दहि मन पर्ने भएकाले भोग लगाउछन ।
हामीहरु प्राय खाने, पिउने र रमाउनेलाई मात्र पर्व मान्छौ । धार्मिक मान्यता बिर्सन्छौ त्यसैले कमजोर छौ । आध्यात्म र भौतीक जिवन बिचको फरक यहि हो । मानीस आध्यात्म बिर्सेर भौतीक जिवनमा लागेकाछन तसर्थ हत्या, बलत्कार, आत्महत्या, चोरी, हिंसा बढेकोछ । युवालाई आध्यात्मतर्फ मोडनुपर्छ । कृष्ण भगवान व्यवहारिक बैज्ञानिक युगको भगवान वा दार्सनिक हुनुहुन्छ वहाँको सन्देश र दर्शनमा यथार्थता छ ।
धार्मिक ग्रन्थ अनुसार कृष्ण भगवानको जन्म द्धापर युगमा भएको मानिन्छ । वहाँको सन्देशलाई समेटेर महाभारत ग्रन्थ बन्यो जसमा महाभारत युद्धमा पाँच पान्डव र सय भाई कौरव बिचको लडाईमा पान्डव पक्षको सारथी बनेर युद्धबाट बन्धु हत्याको पाप लाग्ने बहाना बनाएर युद्धबाट भाग्न उद्धृत कुन्तीपुत्र धर्नुधारी अर्जुनलाई युद्ध मैदान दिएको ज्ञान, बचन तथा अर्ति उपदेशलाई समेटेर गिताको रचना भयो ।
भगवान कृष्णको महिमा श्रीमद्धभागवत गिता मार्फत रचना गरिएकोछ । भगवान श्री कृष्णको सन्देश ”कर्मन्डे बाधिकारस्ते महा फलेषु कदाचन । मा कर्मफलहेतुर्भुर्मा ते संगोअस्त्वकर्मणी ।
कर्म गर्ने काम तिम्रो हो, फल तिम्रो बसमा छैन तर कर्म गर्न नछाड ।
सरल भाषामा कर्म गर फलको आशा नगर हेर्दा निराशाबादी जस्तो देखिन्छ तर यसले कर्मको उत्प्रेरित गर्छ यदि हामी फलको लालशामा काम गर्छौ भने फल नपाउँदामा चिन्तित हुन्छौ ।
कसै कसैले भगवान कृष्णलाई छाडा, तरुनी खेलाउने आदि नामले गाली पनि गर्छन यो सब अज्ञान हो किनकी सोह्र हजार एक सय आठ गोपीनीलाई श्रीकृष्णको प्रेम छ तर यो प्रेम अहिले युवायुवतीको बिचमा हुने आशक्ती जस्तो बुझ्यौ भने गलत हुन्छ ।
भागवत पुराण अनुसार कृष्ण भगवानको ७ पत्नि रहेको मानीन्छ जसमा सत्यभामा,कालीन्दी,नग्नाजिती,मित्रविन्दा, लक्ष्मना,जम्भावती, रुक्मीनीदेबी र भद्रा हुन ।
पाटनका राजा सिद्धी नरसिंह मल्लले सत्रौं शताब्दीमा निर्माण गरेको कृष्ण मन्दीर प्रख्यात छ । जसमा राजाले सपनामा राधाकृष्ण दरवारको ढोकामा उभिएको देखेर भोलीपल्ट नै राधा कृष्ण उभिएको स्थानमा कृष्ण मन्दिर बनाउन लगाएको इतिहासमा पढन पाईन्छ ।
भगवान कृष्णलाई विष्णुको अवतार मानिन्छ । जसमा गरुड र विष्णु भगवानको आकृती मन्दिर भरी भेटिन्छ । भागवत गिताले भगवानको परिचय गराउछ भने श्रीमद्धभागबत गिताले भगवानको कृयाकलाप बताउछ भन्ने पनि भनाई छ।
भागवत गिताको उदेश्य जिवनको अर्थ बुझाउनु हो । जुन बेदसंग पनि मिल्छ ।
धर्म नैतिक, अर्थोपार्जन कमाउनु, कर्म इच्छा आकांक्षा पुरा गर्नु, मोक्ष अमर आत्मा र मुक्ति दुःखबाटको मुक्ति आत्मा आदिलाई जोडिएकोछ ।
ज्ञान, कर्म, ध्याँन र भक्ति योग मानीन्छ जसमा त्याग, योग साधना, निस्काम कर्म, सिक्ने लालसा आदी समेटिएकोछ ।
हामी सबैले कृष्ण जन्मअष्टमीको दिन सबैले मयुरको प्वाख बाकेर हिँडेको देखिन्छ मयुरको प्वाखको अर्थ धन, सम्पती, ताकत र सुन्दरताको रुपमा लिइन्छ । कृष्ण भगवानको मुकुट मयुर प्वाँखले सजाइन्छ जसबाट सकारात्मक सोच तथा शक्ती प्रदान हुन्छ । स्कुल पढने समयमा कितावको बिच पानामा प्वाख राखे पढन आउँछ भन्ने मान्यता थियो ।
कृष्णलाई मखन चोर भनिन्छ जसमा मखनलाई दिमाग संग दाँजिएकोछ ।
यदि मखनमा कमिला परेमा मखन नफाली कमिला फालेर खाईन्छ । हाम्रो मस्तिष्कमा बिभिन्न दोषहरु ह्न्छ जहाँ क्रोध ,आशक्ती,बैमनस्यता र लोभ हुन्छ ।
हाम्रो नासबान शरिरभित्र मन हुन्छ तसर्थ मनको मयल हटाएर शान्त बन्न सकिन्छ ।
बालन भन्नाले कृष्ण अष्टमीमा गाउँतिर बुढापाकाले कृष्ण लिलाको नाट्य ?पान्तरण गरेर नाचगान गर्दै कृष्ण जन्मेको बसुदेब, देबकी, कंस, अक्कासुर, बक्कासुर जस्ता पात्र बनेर रात्रीमा नाटक देखाइन्छ ।
यो नेपालको पश्चिम क्षेत्रमा चलन छ ।
घुम्दै फिर्दै आए अक्कासर र बक्कासुर जस्ता गित गाउँछन ।
गाउँघरमा ”बालन” धेरै लोकप्रिय मानीन्थ्यो आजकल जस्तो टिभि नभएको समयमा त्यो कृष्ण लिलाको नाट्यरुप गाउँघरमा अत्यन्त लोकप्रीय थियो कृष्णको जन्म रात्रीकालमा भएको कुरा उल्लेख छ ।
रात्री १२ बजे कृष्ण जन्माइन्छ । कृष्ण लिला देखाइन्छ । त्यो कृष्ण अष्टमीको रातमा बर्षा पनि हुन्छ भन्ने बिश्वास छ ।
कुनै समय नरकासुर दैत्यले तिनै लोकका सुन्दर सोह्र हजार एक सय आठ सुन्दरी अपहरण गरेर दरवारमा कैद गर्यो ।
नराकासरलाई भगवान कृष्णले मार्नुभयो र ति सुन्दरीहरुलाई मुक्त गर्नु भयो तर सुन्दरीहरु उनिहरुको घरमा इज्जतको डरले जान मानेनन र भगवान कृष्णसंग बिबाह गर्ने प्रस्ताव गरे भक्तबत्सल श्रीकृष्णबाट ति सुन्दरीलाई बिबाह गर्नुभयो ।
र सबै सुन्दरीहरुलाई द्धारका ल्याउनुभयो ति सोह्र हजार एस सय आठ सुन्दरीहरुले पुर्वजन्ममा विष्ण्ुालाई स्वामी पाउन घोर तपस्या गरेर उनिह? श्री कृष्णसंग बिबह गर्न पाएको कथा हिन्दु धर्मशास्त्रमा सुन्न पाइन्छ ।
भारतमा कृष्ण जन्माष्टमीलाई गोकुलाष्टमी पनि भनिन्छ । दहिको हाँडी फुटाउने चलन बिद्यमान छ । मथुरामा झुला महोत्सव गरिन्छ ।
बृन्दाबनलाई राधा र गोपी राशलिला गरेको स्थान मानिन्छ । गोकुललाई कृष्ण जन्मेपछी लगेको स्थान मानेर पर्व मनाइन्छ ।भारतकै बिशाखापटममा इस्कोन मन्दिरमा धुमधाम मनाइन्छ ।
पुरी उडिसामा बलराम र सुभद्रासंग कृष्ण बसेको भन्ने जनविश्वास छ ।
महाभारतको समयमा नै मृगलाई प्रहार गरेको बाण लागेर घाइते भई कृष्ण भगवानको देहान्त भएको कुरा धर्मग्रन्थमा उल्लेख छ । भगवान कृष्णलाई दया, कामेलता, प्रेम र रक्षा गर्ने भगवानका रुपमा पुजिन्छ ।
आकासिया अर्थात बबुल नामका एक बृक्ष जंगलमा थियो कृष्ण भगवान बिहारमा जानुहुन्थ्यो अरु बृक्ष फुलहरु नजिक जानुहुन्थ्यो स्पर्स गर्नुहुन्थ्यो तर आकासियाको रुखलाई आफु समिप भगवान नआउँदा चित्त दुखेछ ।
भगवानसंग भन्यो हजुरले मेरो समिपमा आउनुहोस स्पर्स गर्नुहोस भगवान हजुरलाई जे मागे दिन्छु ।
भगवानले मलाई तिम्रो एउटा हाँगो देउ भन्नुभयो आकासियाले दियो त्यसबाट भगवानले बाँसुरी बनाउनु भयो त्यो बाँसुरी भगवान श्रीकृष्णले संधैसाथमा राख्नुहुन्छ भन्ने विश्वास छ ।
कृष्ण प्रणामी, इस्कोन, सतसंग ,ओम शान्ती जैन हिन्दु सबैमा कृष्ण महिमा व्याप्त छ ।कृष्ण भगवान सबैको मनमा हुनुहुन्छ भन्ने सोच का साथ मानीस भक्ती भावमा लागेकाछन । यो नै शान्तीको मार्ग हो ।
आत्म मन बिचार सुद्धिको लागि गिता उत्तम ग्रन्थ हो यसमा धेरै मानवउपयोगी ज्ञान छ जसबाट जिवन सुर्धान सहज हुन्छ ।
कृष्ण भगवानका बारेमा धेरै भजनहरु छन जसमा कृष्ण कन्हैयाको पिर हरैयाको आदि प्रख्यात छ ।
कृष्ण भगवानलाई मुर्ति पुजामा भल्दा बढि धर्म, शास्त्र, दर्शन, बिचार, ज्ञान भक्ती, बेदान्त, धर्मोपदेश,नैतीक शिक्षा जिनपयागी ज्ञान आर्ट अफ लिभिङ पनि मान्न सकिन्छ ।
तसर्थ वहाँको जन्मोत्सव मात्र हौईन वहाको दिव्य बाणी, आत्मसात गरौ मानव जिवन सुधारौ खुसिले निस्फिक्री भएर बाचौं । अर्जुन मोहन भट्टराई



