शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना

एक्सप्रेस पाना
आश्विन ८, २०८० सोमबार
  • 233
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा दर्शन तथा विशेष पूजाअर्चना

    जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिरको दर्शन गरेका छन्। उनले बिहान जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका हुन्। 

    images

    दर्शकासाथै उनले जानकी मन्दिरमा पूजाअर्चना र प्रसाद ग्रहण गरेका हुन्। उनलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा अर्चना गराएका थिए। उनीसँगै प्रथम महिला सविता पौडेलसमेत पूजामा सरिक भएकी थिइन्।

    राष्ट्रपति पौडेल करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चनामा सहभागी भएका थिए। राष्ट्रपति पौडेल ६ दशकदेखि अनवरत रुपमा हुँदै आइरहेको सीताराम राम संकिर्तनमा समेत केहीबेर सहभागी भए।

    images

    राष्ट्रपति पौडेलसँगै नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमन्त्री रामकृष्ण यादव थिए।

    जानकी मन्दिरको पूजा सकिएपछि राष्ट्रपति पौडेल मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको निवासमा विश्रामका लागि गएका छन्। आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।