मंगलबार, श्रावण १२ गते २०८३
images
images

बिर अस्पतालमा चार घन्टा!

एक्सप्रेस पाना
आश्विन १३, २०८० शनिबार
  • 1.1K
    SHARES
  • बिर अस्पतालमा चार घन्टा!

    बिहानको ८ः४५ बजे बिर अस्पताल पुग्दा यत्रतत्र भिड देखिन्थ्यो। माथिल्लो तल्लामा जाने भर्याङ्गमा मानिसहरुको भिड देख्दा त लाग्थ्यो कुनै व्यस्त शहरको रेलबे स्टेसन जस्तो। कोठा भेटाउन्नै मुस्किल छ। सिमेन्टेड भर्याङ्गको भित्तातर्फ जहाँतहिँ नथुक्नु होला, पकेटमारदेखि सावधान लेखिएको छ। ठुलो भवन तर सरसफाई छैन। बिरामीको चाप धेरै छ। बिग्रेका भाँच्चिएका फर्निचर तथा अन्य सामानहरु अध्याँरो कुनामा थन्एिकाछन्। सायद ति सामानहरु उचित व्यवस्थापन गर्न ऐन तगारो बनेको छ वा सोच। स्वास्थ्य क्षेत्रमा प्राविधिक दक्ष जनशक्ती उत्पादन गर्ने लक्ष्य त छदैछ, तर बिरामीको सुलभ, भरपर्दो,प्रभावकारी सेवा दिने बिषयमा पनि अस्पताल अघि बढन जरुरी छ।

    images

    बिर भन्ने वित्तिकै अस्पताल बढि र शिक्षण अस्पताल कम बुझिन्छ। यो हेक्का राख्न जरुरी छ। मन्त्री बने लगत्तै बिर अस्पताल जाने, छडके गर्ने आदि स्टन्ट पनि छन् जुन काम भन्दा पनि प्रचारका लागि गरिन्छ। कुनै व्यवसायिक होस या सामुदायिक संस्था चल्न सुरुमा स्वस्थ्य, इमान्दार दक्ष जनशक्ती, साधन श्रोत, अनुशाषन, नैतिकता, पारदर्शिता र जवाफदेहिता चाहिन्छ। बिर अस्पतालको समस्या के हो अनुमान लगाउन सकिन्छ। पारदर्शिता, इमान्दारीता, पार्टी हस्तक्षेप र जनशक्ती हो।

    सरकारी निकायमा काम नहुनुको पछाडी मन्त्री र नेताका आफन्त आसेपासेको पजनी, काम नलाग्ने कर्मचारीको भिड ,काम नगर्ने तलब खाने सोच, सेटिङ्गमा बिरामीको रेफर, अस्पतालका सेवा विगारेर काम नलाग्ने बनाई बाहिर रेफर गर्ने अनैतिक कार्य पर्दछन। अस्पतालमा सुकिला भन्दा मैला ध्वाँसेहरु बिरामीहरु बढि भेटिन्थ्ये। हुन त बिरमा उपचार गर्न की धेरै सम्पन्न जान्छन कि अति गरिब, किनकी गरिबको अर्को बिकल्प छैन सम्पन्नलाई पहुच र चिनजानले सहज छ। धेरै बिरामीहरु ओपिडिमा डाक्टर कुरिरहेको अवस्था थियो। केहि बिरामी अस्पतालको बरन्डामा मिल्कीरहेको देखिन्थ्यो। बालेनले अस्पताल बाहिर रहेको सडकको उत्तरतर्फको सडकमा रहेका फार्मेसी हटाएर पछि पारिपट्टिको नर्सिङ्ग विल्डिङ्ग खुल्ला चिट्टिक्क देखिएको छ। मन्दिर जती राम्रो भएनी भित्र देउता पुजरी राम्रो हुनुपर्छ नत्र सोभा हुन्न बिरमा पनि डाक्टर सहि हुनुपर्छ। बिर अस्पतालमा माथिल्लो पोष्टमा काम गर्ने केहि वरिष्ट डाक्टरको बाहिर नर्सिङ्ग होम्स र अस्पताल छन इन्जीनियरिङ्ग कलेजमा पढाउने इन्जीनियरहरुको बाहिर कलेज भए जस्तै। बिर अस्पताल गएकै मौकामा उक्त नयाँ बिल्डिङ्ग घुम्ने जमर्को गरे। उक्त भवन राम्रो, सफा, सुबिधा सम्पन्न थियो सायदै सरकारी अस्पताल जस्तो देखिदैनथ्यो। 

    images

    धर्मपत्नी स्वास्थ्य क्षेत्रमै सदा सर्वदा तराई र हिमालमा जागिर भन्दै कुदिरहने भएकाले यो सरकारी अस्पतालप्रति मेरो अगाध दया र माया छ। उपचार पनि सरकारी अस्पतालमा नै गराउदछु। “जर्ज बनार्ड सा ले भने झैं अस्पतालले तिमीलाई आधा उपचार गरेर सडकमा छाडछ नर्सिङ्गहोम्सले तिमी नमरी बाहिर निस्कन दिदैन“। यो स्थिती हामी कहाँ छ नर्सिङ्ग होम्सले पैसा नतिरेर लास थुनेर राखेको अवस्था छ भने अस्पतालमा बिरामीले पैसा तिर्न नसकेर उपचारै नगरी व्यथा बोकेर घर फर्केको अवस्था छ।

    रोग सर्ने र सार्ने स्थान सौचालय हो तसर्थ सौचालयको सरसफाईमा अस्पताल चुकेको छ। बिर अस्पतालको सौचालयमा चुकुल बिग्रेका, पानी नहुने, गन्हाउने, फोहर अवस्थामा छन्। सफा सौचालयमा ताला छ। स्टाफको लागि भनेर लेखिएको छ। सौचालय सफा राख्न,सौचालय सफा गर्ने तालिका टाँस्नुपर्छ तब सौचालय सफा हुन्छ। बिरमा निस्केको फोहरबाट बिजुली निकाल्ने काम सुरु भएको भन्ने सुन्नमा आएको थियो यो सराहनिय कार्य हो। हरेक निर्देशक फेरिदा, मन्त्री फेरिदा एउटा न एउटा मात्र भएपनि नयाँ सुरुवात भयो भने राम्रो हुन्छ। अस्पतालको पश्चिमतर्फ हेर्यो भने लेउ लागेको वर्षौ देखि जमेको फोहर छ त्यो फोहर कस्ले सफा गर्ने डाक्टरले न पक्कै होईन होला।

    हरेक मन्त्री जान्छन् इमेरजेन्सी बार्ड हेर्छन् फर्कन्छन् दिनभर मन्त्री अस्पताल घुम्ने र निर्देशन दिने भने काम हुन्थ्यो होला। काठमाडौमा यस्तो छ, पोखरा, बिरगंज, भैरहवा बुटवल, बिराटनगर, धनगढी, जुम्ला, सोलु र मुस्ताङ्गमा के हाल होला सोच्यौ त रु राजधानी सहरको मुटुमा रहकाले देशी, बिदेशी, बेवारिसी, गरिब, असहाय बिरामीको चाप बढि हुनु स्वभाविक हो,तर अधिकांंस बिरामीलाई काउन्सीलिङ्ग गर्दा पनि बिरामीको चाप कम गर्न सहज हुन्छ। तसर्थ काउन्सिलिङ्ग गर्ने व्यवस्था गरेमा चाप स्वभाविक रुपमा घटछ। करिब दशजना जति नर्स काउन्सेलर राखेर बिरामी स्क्रिन गर्न सकिन्छ। 

    हुन् त म स्वास्थ्य जानेको र पढेको होईन तर करिब १४ वर्ष दाताको सहयोगमा एनजिओमा काम गर्दा क्लिनिक सन्चालन गर्दा देखेको र व्यहोरेको अनुभवले भन्न सकिन्छ। बिना पैसा खर्च सुधार गर्न तर्फ अस्पताल प्रशासन, मन्त्री निर्देशक जुट्न जरुरी छ। पैसाको खोलो बगाउदैमा सुधार हुने पनि होईन।  बिर शमसेरले बनाएको त्यो बेलाको अस्पताल अहिले सहरको मुटुमा छ। हेर्दा अस्पताल राख्ने जस्तो ठाउँ होईन। तर सहरको बिचमा छ। बिरामीलाई सहज स्थानमा छ। सरकारले चागुँ नारायणमा जग्गा किनेर राखेको छ कहिले बन्ला र स्थानान्तरण होला थाहा छैन। बिरमा बिशिष्ट बिरामी भनेर बेड छुट्याएकोछ तर नेपालका ठालु हरु त्यहा जादैनन सिंगापुर बैकक जान्छन नजाउन पनि किन खर्च सबै गरिव जनताको करले तिर्छ बिरमा बिरामीलाई दिइने खाना पनि राम्रै छ।

    बिरले दिने कतिपय सुबिधा बिरमा हुने उपचारको बारेमा प्रचार छैन मिडियाले मात्र नकारात्मक डाक्टर कुटेको लापबाही गरेको बिकृती मात्र दिन्छ बिरमा धेरै सकारात्कम पक्ष पनि छ। फोहर र अनियन्त्रीत बिरामीको चाप बिकृती हुन् भने सबै रोगको निदान गर्ने देशको पुरानो अस्पताल हो। यसको सेवा सुबिधा फाइदाको बारेमा सरकारी सञ्चार माध्यम गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालले समेत बोलको देखाएको प्रचार गरेको देखिन्न। अहिले त क्यान्सरका बिरामीलाई बिहान सातबजे देखि उपचार र डायटको पनि व्यवस्था छ रे भन्ने सुनेको थिए। नजिकै रहेको हाड जोर्नी अस्पताल ट्रमा सेन्टर पनि छ। नयाँ भवन हो त्यो। बनेको धेरै समय भएको छैन। अस्पताल परिसर ठुलै भएपनि बिरामी र कुरुवालाई पार्किङ्गको असुबिधा छ।
     
    बिर भित्रको फार्मेसिमा दवाई किन्न राम्रै भिड लाग्छ। सुरुमा बिल काउन्टर, परामर्श काउन्टर र औषधि लिने काउन्टर पनि छ। तर औषधि भने कमै पाइन्छ प्राय उत्तर बाहिर किन्नुस् यहाँ छैन भनिन्छ। उपेन्द्र देवकोटा मन्त्री हुदाँ बनेको नाम्सले राम्रै डाक्टर उत्पादन गरेको छ। पढाउने प्राक्टिकल गर्ने बातावरणका लागि प्रसस्त बिरामी छन्। आफै गाई, भैसि, बाख्रा समेत पालेर आप्mनै पौरखमा दुध, दहि, मोही तथा मासु खाने जाँगरिला बस्नेत मन्त्री बनेका बेलामा बिर अस्पताल सुधारमा केहि हुन्छ कि भन्ने आशा छ। हुन् त अस्ति एक जना चिनेका बिरामीले बेड नपाएको अपरेसनको लामो समय पछि दिएको भन्ने सुनेको थिए। तर पनि झिनो आशा छ हुन त बेड सस्तो छ भन्ने सुनेको थिए तर सस्तो भएर के गर्ने नपाउने भएपछि हुन त हामी कहाँ सत्य वास्तविक कुरा नबुझी, बोल्ने, लेख्ने, विरोध गर्ने उपबुज्रुकहरुको जमात बाक्लै छ।

    भर्खरै मनाएको संविधान दिबशको किताबमा पनि स्वास्थ्य शिक्षाको अधिकार त छ नि तर किताव बोल्दैन मान्छेले गर्दैन। के गर्ने रु कुनै बेला गगन भन्ने पनि मन्त्री बने तर खासै उनको बोली जस्तो काम देखिन्न। हुन् त एक जनाको प्रयासबाट केहि हुन्न स्वास्थ्य बिमा सुरु गरे भनिन्छ। एक जना डाक्टरको भनाईमा स्वास्थ्य बिमाले देश कंगाल बनाउछ भन्ने पनि सुनियो। स्वास्थ्य बिमामा बेथिती भएको कुरा आइरहेकोछ छ तर स्वास्थ्य बिमा आफैमा ठिक हो। १३३ वर्ष पुरानो अस्पताल जसमा ५७५ बिरामीका लागि बेड छन तर बेड पाउन पहुँच हुनुपर्छ। अनलाइनबाट ओपिडीको टिकट समेत किन्न पाइन्छ तर बिर आउनेहरु प्राय अनलाइन चलाउन नजान्ने नै हुन्छन्। सबै रोगको उपचार हुने बिर अस्पताल साच्चै बिर नै छ तर उपचार गर्ने डाक्टरलाई विरामीका बिर आफन्तीले पिडामा आएको उत्तेजनाले गर्दा अथवा अज्ञानताले गर्दा बिर नै बनेर बिरकै डाक्टरलाई कुटछन, पिटछन र धम्क्याउछन यो गलत छ।

    बिरमा वेथितीको कुरा गर्दा प्रसासनको तर्फबाट कमजोरी छ पुर्वाधार साधन श्रोत सम्पन्न हुँदा पनि सेवा प्रभावकारी नहुनु अरु के हुन सक्छ। हुन् त प्राविधिकले प्रसासनका मान्छेलाई गन्दैनन्। प्रसासनका कर्मचारीलाई प्राविधिक कुरा थाहा पनि हुदैन्। अस्पतालमा ठुला नाम चलेका वरिष्ठको नाम बोर्ड झुण्याइएको तर उहाँहरुलाई बिरमा सायदै भाग्यमानी बिरामीले मात्र भेट्छ होला। सयौ बिरामीको भिडमा कसरी बिरामी जाँच्नु ,रोग पत्ता लगाउनु बिरामीसंग कुरा गर्नु उनिहरुको पुरानो रोग बुझ्नु सबै देखावटी मात्र देखिन्छ। त्यसैले होला मानिस क्लिनिक जाने गरेको छ। यस बिषयमा डाक्टरको दोष होईन प्रशासनको दोष हो यति जना मात्र जाँच्ने, राम्रोसंग प्रभावकारी सेवा दिएर, बिरामी निको गर्ने, लक्ष्य राखेमा काम होला । थप स्याटलाईट जडान गरी  भइरहेकै पुर्वाधारमा टेलिफोन र मोवाईलका ग्राहकहरु थप्ने एनटिसिको जस्तै होला। सेवा भरपर्दो हुदैन। त्यसकारण बिरामीको सेबा दैनीक यती जना मात्र भनेर तोकेमा चिकित्सकलाई पनि राहत, सेवा पनि प्रभावकारी, विरामीलाई नि राहत हुन्छ। तपाईलाई कँहि जानु छ भनेर दुई सय मानीस सबैजना ६० सिटको एउटै बसमा चढेपछि के हुन्छ यो उदाहारण हो। ठुला नाम चलेका वरिष्ठ भनेका डाक्टरहरु बिरको नामले देश, बिदेश जान्छन, योग्यता बढाउछन, सुविधा लिन्छन तर बिरमा कमै देखिन्छन। धेरै बिरमा देखियो भने त ठुलो डाक्टर मानिन्न। त्यसैले न्याम्स बनेपछी इन्र्टनले बिरमा आउने बिरामीको भिडलाई थेगेको छ। डाक्टर, अस्पताल, साधन श्रोत,नर्स, पारामेडिक हाक्ने प्रशासन कमजोर भएकै कारणले बिर सबै कुरा भएर पनि नभए जस्तो छ त्यती धेरै साधन श्रोत नहुदाँ पनि अन्य निजिमा कती व्यवस्थित छ।

    २६९१ जनालाई जाँच उपचार गराउन सक्ने र ८९ बिरामीलाई भर्ना गरेर उपचार गर्न सक्ने क्षमता भएको अस्पतालमा दोव्वर बिरामी आउँछन तर्सथ पनि व्यवस्थापन कठिन छ हुन् त राजधानीको महानगरमा वडा पिच्छे स्वास्थ्य उपचार केन्द्र पनि छ तिनीहरुले पनि धेरथोर सेबा दिइरहेका छन्। बिरमा क्रिष्टिाना फार्मेसि भन्ने पछि छ जसले गरिवका लागि औषधी सहायता गर्छ। टिचिङ्गमा त बिरामी कुरुवालाई सुविधा दिने केहि सामाजिक संघ संस्था पनि छन्। सबैको समाधान पव्लिक हेल्थ वा जन स्वास्थ्यमा ध्यान पुरयाउनुपर्छ। रोग लागेर उपचार गराउनु  भन्दा रोगै लाग्न नदिन सरकारी प्रयासहरुमा लगानि हुनुपर्छ सरकारले र मन्त्रीले कहाँ अस्पताल बनाउदा बढि ठेक्का कमिसन, जग्गा, उपकरणमा राम्रै कमिसन मिल्छ बिर्सनुपर्छ सबै बिग्रेको धनि बन्ने लोभले हो। अहिले जनता रोगी बनाउने कुराहरु खाना, विषादीयुक्त तरकारी फलफुल, प्लाष्टिकको जगजगी, पानी देखि हावा माटो सम्म प्लाष्टिक छ यो रोक्नुपर्छ यो रोकेमा अस्पताल बनाउने खर्च जोगिन्छ। अस्वस्थ्य जिवन सैली, व्यायाम र कसरतको कमि, फोहर पानी महामारी आदिको बारेमा जनचेतना जगाएर अस्पतालमा भिड घटाउन सकिन्छ।

    नोरिस भन्ने अंग्रेजि शब्द संगै नर्स शब्द मिल्दोजुल्दो छ तर नर्स काम बढि गर्ने कम तलव लिने बर्गमा पर्छ। सबै बिरामीले आफन्तले नर्स लाई बाज्झदछन्। नर्सलाई आवश्यक समयानुकुल भुक्तानी दिएमा अस्पतालमा सुधार गर्न सकिन्छ। नर्स आफै काउन्सिलर बन्न सक्छन्। हामी बिदेश गयौ भने प्राक्टिसनर अर्थात सामान्य डाक्टरबाट जचाँउछौ नेपालमा भए स्पेसलिष्ट रोज्छौ। सबैलाई एक रातमा व्यथा निको हुनुपरेको छ। बषौदेखि जम्मा गरेको व्यथा आजको आजै जादुको भरमा निको हुदैन निको पार्न सहि ल्याव, रिपोर्ट चिकित्सकको जाँच र बिरामीको संयमता र साधना चाहिन्छ। हाम्रा कारणले पनि उपचारमा ढिलाई भएको छ। अत्यावश्यक परेकोले सेवा ढिला पाउछ र सेवा ढिला भए पनि खराव नहुने ले तुरुन्तै सेवा लिन्छ।
      
    राज्यले अर्बौ रकम बिदेश उपचार गर्नका लागि पठाउनु पर्ने अवस्था छ। बिर अस्पतालमा रहेको समितीको सिफरिसमा मात्र बिदेशमा उपचार गर्न डलर सुविधा पाइन्छ। नेपालबाट भारत उपचार गर्न जाने मनग्ये छन्। यता डाक्टर कम उता बिरामी बढि तर खर्च बढि उता ढुक्क, यता धरमर भन्ने बिरामीको भनाई छ। त्यस्मा पुरै सत्यता होला नहोला कि डाम्टर जानुन कि भगवान कि बिरामी जानुन। महगो सिक्षा महगो डाक्टर नै हो आज भन्दा २३ वर्ष पहिले एक जना खरेल थरका डाक्टरलाई भेटेको उनि भन्दै थिए पचास रुपैया फि तिरेर पढेको हामीले किन धेरै कमाउनपर्छ र हामीलाई तर आज यो स्थिति त छैन तर पनि महगो सिक्षाको उपज हो बिकृती। अस्पताल, कर्मचारी, मन्त्री, डाक्टर, नर्सले मात्र बिगारेका भने पक्कै होईनन यसमा बिरामी, कुरुवा, बिरामी भेटने मान्छे सबैले धेरथोर योगदान गरेकाछन त्यसकारण सफा राख्न बनाउन पनि सबैले इमान्दारीताको योगदान गर्नैपर्छ। सबिधानमा भएको स्वास्थ्य उपचारको हकले मात्र केहि लछारपाटो लाग्दैन।हामी नागरिक बिउ्झिन पर्छ।  

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई