सोमबार, कार्तिक १७ गते २०८३
images
images

५ किलो गाँजासहित एक जना पक्राउ

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 286
    SHARES
  • ५ किलो गाँजासहित एक जना पक्राउ

    असोज ४ सिरहा । प्रतिबन्धित पाँच किलो गाँजा सहित एक जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका १३ स्थित तिरतपुर घर भएका करीब २६ वर्षीय शुभ कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

    प्रवक्ता बुढाथोकीका अनुसार सिरहा धनुषा जोड्ने कमला नदी पार गर्दै सिरहा तर्फ आउने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको सादा पोशाकका टोली र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरीले टोलीले सिरहा नगरपालिका वडा ६ स्थित बसविट्टा चौक स्थित ज ११ प १७४३ नम्बर प्लेटको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा ५ किलो २ सय २३ ग्राम र २ थान नाईट्रोभेट ट्याबलेट लागुऔषध सहित महतोलाई पक्राउ गरेको उनले बताए ।

    images

    पक्राउ परेका माथि जिल्ला प्रहरी कार्यालय मार्फत थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले बताए।