शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नेपालगञ्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 232
    SHARES
  • नेपालगञ्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

    काठमाडौँ । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहीबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ। 

    images

    जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जानकारी दिएको हो।

    राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ।

    images

    कर्फ्यू खुल्ला गरिएको अवधिमा निषेधाज्ञा भने जारी गरिएको छ। बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासन कार्यालयले जनाएको छ।

    हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि सूचनामा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न अनुरोध समेत गरेका छन्।

    nepaljung