मंगलबार, श्रावण १२ गते २०८३
images
images

चाडपर्व बिदामा शहरका बालबालिकाहरुलाई कसरी भुलाउने?

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 1.3K
    SHARES
  • चाडपर्व बिदामा शहरका बालबालिकाहरुलाई कसरी भुलाउने?

    खलिल जिब्रानका भनाईमा “तपाईको बच्चा तपाईको होइन” आखिर बच्चा हो कस्को को हुन उनीहरु रु हो सत्य हो बच्चा जे हुन, छन् उनिहरु आफै हुुन्, छने र हामी र हाम्रो सोचमा, बिचारमा, कदममा र पहलमा उनिहरु हिंडने, कुदने र चल्ने कदापी होइनन केवल हाम्रो भ्रम हो।

    images

    दशैं तिहारलाई रमाइलो, आनन्द ,सदभाव, भातृत्व,भेटघाटको चाड पनि मानिन्छ तर बच्चाहरुको सोचमा के छ रु कस्तो दशै उनिहरु चाहन्छन सोध्ने परम्परा छैन। पितृसत्तात्मक सोचले ग्रस्त समाजमा अरुको मतलाई खासै स्थान दिइन्न चाहे बालक होस या बृद्ध या महिला। घरमा पाहुना आउँदा बच्चा रमाउछन किनकी पाहुनाले बिस्कुट, मिठाई, फलफुल ल्याउछन अनि पाहुनाको उपस्थितिमा घरमा बच्चाहरुले मौका छोप्छन्। मोबाइल चलाउने, डिमान्ड गर्ने साथै 

    अभिभावकहरु पाहुनासंग भलाकुसारीमा भुलेको बेला बच्चाहरु आफुखुसि घरबाहिर निस्कने, टिभि हेर्ने गर्दछन्। तर, दशैंमा घरमा आउने पाहुनाहरुलाई धेरै समय अरुको घरमा भुल्ने फुर्सद हुदैन तसर्थ दशैंको माहोलमा बच्चालाई लामो बिदा पनि हुने भएकोले उनिहरुलाई भुलाउन, रमाउन र सहभागि गराउन अभिभावकहरुले बिशेष योजना गराउनु पर्दछ। जस्तो कि कतै घुमाउन लैजाने, किनमेल गराउन बजार लैजाने,उनिहरुको आवश्यकताको रोजीको सामान किनिदिने त्यसबखत आफ्नो क्रयशक्ती पनि बच्चालाई अथ्र्याउन र बुझाउन सकिन्छ जस्तो कि यो महंगो छ नकिन्ने कि रु बाबाआमाको कमाई यति छ ,पछि अर्को साल किनौला भनेर बुझाउने अवसर पनि हो।

    images

    बच्चाहरु चाडबाड पर्व सबै मन पराउछन यसमा पनि दशै तिहार लामो बिदा हुने भएकाले बिशेष महत्व हुन्छ। यसकारण पनि यो बालबालिकालाई होमवर्क गराउने भन्दा पनि रमाइलोको लागि सिपमुलक र ज्ञानवद्र्धक बिषयमा सहभागि गराउनुपर्छ। हामी विद्यालयहरुले बिदा भन्नासाथ गृहकार्य दिन्छौ अभिभावक पनि त्यहि चाहान्छन तर बालबालिकाको चाहना के छ त्यो बुझन हामी चाहान्नौ। रमाइलोको बेलामा गृहकार्यको चापले उनिहरुमा नमिठो  अनुभव हुन्छ तसर्य हामी सबैले यो सोच बदल्नु पर्छ। सिक्ने, अवसर दिने, सिकाउने, जान्ने, बनाउने बच्चाबच्चिलाई आत्मनिर्भर बनाउने बेला, मौका र समय यहि हो।  

    अहिले न हामीलाई अफिस जान हतार छ न शाहुले, मालिकले, हाकिमले ढिला भो भनेर गालि गर्ने बेला छ। न त ढिला भएर जाहाजै नै डुब्छ। यहि सुर्वण मोैकामा बच्चालाई आफुसंग नजिक बनाउने, काम सिकाउने, आफु संग नजिक बनाउने बेला हो अरुबेला त बुबाआमालाई बच्चा संग बोल्न पनि फुसर्द हुदैन उनिहरुको मनोबिज्ञान बुझ्ने, उपयुक्त समय यहि हो। एकजना वरिष्ठ डाक्टरले यो दशैको बिदामा छोरिलाई पकाउदै र सिकाउदै गरेको भिडियो अपलोड गरेको भेटियो। यसबाट हामी आम अभिभावकहरुले सिक्ने कुरा धेरै छन्। व्यवहारिक, मननसिल र समयानुकुल हुन जरुरी छ। स्कुलमा प्राय अभिभावक बच्चाले मोबाइल चलायो भने शिक्षकसंग सिकायत गर्छन तर उनिहरुले आफ्ना बच्चाको अगाडि बसेर दिनमा कति समय फेसबुक, टिकटक, इन्टाग्राम र युटयुब चलाउछौ भन्ने बिर्सन्छौ। हामी जस्तो छौ, जे गछौ बच्चाले नक्कल देखासिकि गर्छन उनिहरुको पनि मन हो। तर हामी बच्चाको अगाडि कुनै पनि काम र कृयाकलाप गर्दा सचेत भएर बच्चाको उपस्थितिलाई बुझेर काम गछौ भने समस्या कम आउछ। 

    गाउँ जस्तो शहरमा खुला चौर, पिङ, खेत, बारी, गाउँ, छिमेक, इष्टमित्र हुदैन्। तिन चार आनामा बनेको सानो घर बन्द पर्खालभित्र त्यो बच्चाले दिनरात बिताउनु पर्छ अहिले त चाडपर्वको बेला छ। सबै घरमै हुन्छौ यो बेलामा सबै कुराको अवसर छ। बच्चालाई समय दिने कुरा एउटा छ भने गुणस्तरीय समय अर्को पाटो हो। बिदाको समयमा मुलत दशै तिहारको समयमा लामो बिदाको बेला कतिपय अभिभावकले पढाईको रुटिङ बनाउछन्। पढ्न दवाव दिने र होमवर्क सकाउने कुरा अर्को छ। 

    हामीलाई जस्तो उनिहरुलाई पनि बिदाको उत्तीकै महत्व छ। हामी काम गर्ने भएर बिदा महत्व छ भन्छौ तर बच्चाहरु पनि सधै स्कुल जाने भएकाले फुर्सद हुदैनलामो बिदा कहिले आउलाँ भनि पर्खिरहेका हुन्छन् त्यसकारण बिदाको महत्व उनिहरुलाई पनि छ। दशैंमा बच्चाहरुलाई नयाँ लुगा कपडा भन्दा भिडियो गेम, फन पार्क, मोबाइल गेम, रिमोट कन्ट्रोल कार, फुटबल,बास्केटबल, भकुन्डो आदिको महत्व छ। हामी बयस्कलाई खानपानको आरामको मज्जा छ। बच्चाहरुको पनि उमेर समुह अनुसार सोच, बिचार,छनौट र चाख अलग अलग हुन्छ।  

    एक अज्ञात भनाई अनुसार बच्चा नक्कल गर्न माहिर हुन्छन त्यसकारण उनिहरुले नक्कल गर्नका लागि बिशेष कुरा, बिषयबस्तु प्रदान गरौ 

    १. किनमेलमा सहभागी गराउने
    दशैंमा मासु,लुगा किनमेल, खाद्य सामाग्रि किन्नपर्ने हुन्छ यहाँनेर बच्चाहरुलाई चाहे खसि रोज्न होस वा मासु छान्न होस वा लुगा किन्न होस वा अन्य खानेकुरा किन्न, पकाउन, बजार भान्सा ,मासु पसल वा दशैं बजार सबैतिर बच्चालाई संगसगै लैजादा उनिहरुको परिपक्कता बढ्छ।
    साथै किनमेल, मोलिमलाई, घटबढ गर्ने समान छनौट गर्ने कला र सिप सिक्दछन्। बजारमा जाँदा बाटो काट्ने, जेव्रा क्रश गर्ने, मोटर गाडिबाट कसरी जोगिएर, पैदल हिड्ने यावत कुरा हेक्का राख्दछन तसर्थ सहभागिता महत्वपूर्ण छ।

    २. घर, कोठा, वरिपरी सफा गर्ने।
    बाल अधिकारकर्मिले भने झैं “बासबिस” अर्थात बाच्ने,अधिकार, सहभागिताको अधिकार,बिद्यालय शिक्षाको अधिकार र बिकासको अधिकार आदि लाई मनन गर्दै यो दशैमा पनि बच्चाबच्चीलाई आफु संगै संगै घर सफा गर्न, पकाउन, कपडा धुन, भान्सामा काम गर्न, तरकारी फलफुल माछा, मासु आदि बनाउन सिकाउने सुर्वण मौका मिल्दछ। सन २००३ ताका एक नर्बेलि बिद्यार्थी नेपाल आउदा भेट भयो उनिले भनिन कि मैले घर रङ लगाएर पाएको सैसाले नेपाल घुम्न आएको। अमेरिकामा त अझै अभिभावकले यो काम गर यती डलर दिनछु भनेर प्रोत्साहन गर्ने पनि गरिन्छ। तपाई हामी बच्चाहरुलाई ग्यास छुन, विजुलीको पाबर अन गर्न, कुकर चलाउन, चक्कु चलाउन समेत दिदैनौ। त्यतिबेला हामीले निश्चितरुपमा उनिहरु बयस्क बनेपछि जिउने र जिवन बाँच्ने कला सबै बिर्सेका हुन्छौ। फेरि हामी सधै उनिहरुकै साथमा रहन्छौ भन्ने ग्यारेन्टि पनि छैन त्यसकारण आफ्ना बच्चाबच्चिलाई स्कुल, होमवर्क, किताव, कापी खेलौना ,पेन्सिल, कलर, झोलार टिफिनमा मात्र सिमित गरेर कतै हामीले गम्भिर भुल त गरिरहेका छैनौ। हामीले बच्चाको यो हामी परिवार बाहेक अरु दुनिया पनि छ भन्ने बिर्सेका हुन्छौ।

    यसलाई चलाउन दिए बिगार्छ ,भत्काउछ ,सकाउछ भनेर हामी बालबालिकाहरुलाई सिक्न जान्न, बुझ्न बन्चीत गराईरहेका छौ। त्यसमा एक त हामी जोखिम चाहान्न्नौ। अर्को हामी हाम्रो समयमा हाम्रा अभिभाबकबाट जसरी पालित र पोषित भयौ। त्यहि तरिका आफ्ना सन्तानलाई गर्न वा लाद्न चाहान्छौ र थुर्पान चाहान्छौ। “सठ साठ्यम मुर्खम सजायत”भने झै गरेर आफना सन्तानलाई धरपकड, जर्वजस्ती र दवाव दिन्छौ। यो बच्चाबच्ची प्रति गर्ने हाम्रो व्यबहार पछि गएर हामीलाई महगो पर्नेछ। बच्चा काँचोमाटो हो यसलाई सोचेको आकार दिन सकिन्छ भन्ने कुरा अभिभावकले जान्न र बुझ्न आवश्यक छ। अभिभावक पढेलेखकै हुनुपर्छ भन्ने छैन फेरि अभिभावक कला र ज्ञान बिद्यालय, स्कुल, कलेजमा सिकाइन्न। 

    ३. खाना व्यन्जन बनाउन लगाउने 
    हामीहरुले बच्चालाई के मन पर्छ, के लगाउन मन पछर्, के खान मन पर्छ, के गर्न मन पर्छ सोच्ने, खोज्ने र बुझ्ने संस्कार छैन। केबल आफ्नो सोच लाद्छौ। दशै बच्चासंग नजिकिने शुभ र सुखद अवसर हो। बच्चालाई दशैमा कसरी सहभागि गराउने विषय बच्चाको उमेर समुहमा भर पर्छ। नयाँ नयाँ रिसिपि बनाउने, खाना बनाउने, घर सजाउने, कोठा सजाउने, आफन्तको भेटघाटमा जाने, माला बनाउने, बत्ति बाल्ने, सेल पकाउने आदि कार्यमा बच्चालाई आफुसगै रमाउने, व्यस्त राख्न सकिन्छ। शहरमा खसि काट्ने र पिङ राख्ने आदि नभए पनि अन्य कुरा शहरका सुबिधा र सम्पन्नताले गर्दा सहज छ। 

    आजकल सन्तानको हिशावले पनि एक सन्तान हुने भएकाले एक्लो सन्तानको बढि अनावश्यक डिमान्ड, दवाव तथा बार्गेनिङ हुन्छ। सहरमा अधिकांस अभिभावकका एकमात्र सन्तान हुन्छन्। एकल परिबारमा तिन जना या चारजना हुन्छन्। हजुरवा र हजुरआमा संगको बसाई शहरमा कम छ किनकी एकल परिबारमा रहने चलनले बच्चाहरु हजुरवा र हजुरआमाको माया प्रेमबाट बन्चित रहन्छन्। आजकल युवा जमातहरु एकल परिवार रुचाउने भएकाले बच्चाहरु हजुरबा र हजुरआमाको माया संस्कार र परम्पराबाट बिमुख छन्। हाम्रो नेपाली सस्कारमा एउटा भनाई छ बुढा बुढि नभएका घर, घर जस्तो हुदैन भनिन्छ।

    ४. दशै तिहारमा शक्तीपिठहरुमा दर्शन गराउने साथै दुर्गा कवच र चन्डी पढाउने, सिकाउने जसबाट उनिहरुले हाम्रो संस्कार परम्परा वुझ्न सक्छन नत्र उनिहरु दशै भनेको मासु खाने, रोटि खाने, टिका लगाउने चाड हो भनेर बुझ्नेछन्।

    ५. लामो बिदामा बच्चाहरुलाई नयाँ कुरामा बानी लगाउने अवसर पनि हो यसबाट उनिहरुको जिवनमा ठुलो परिवर्तन आउन सक्छ  जस्तो कि उनिहरुको दशैमा पाएको दक्षिणाबाट बैक खाता खोलेर बचत गर्न सिकाउन सकिन्छ।

    ६.दशै तिहारमा बनाउने अनेकन रिसिपी रोटी, पक्वान, मिठाई, माला सजावट, जमरा, मखमली, फुलपाती,नौरथा, आदिको बारेमा सिकाउन बुझाउन मद्धत हुन्छ।

    ७. यो लामो बिदामा बच्चाहरुलाई घुमाउन घरदेखि टाढा लैजानु बुद्धिमानी हुदैन किनकी सडक बिग्रेका, सवारीको चाप, सरकारको फितलो सुरक्षा व्यवस्था, रोगको महामारी  आदिको कारणले आफ्नै घरपरिवारमा मनाउनु उचित हुन्छ तर काठमाडौ तथा अन्य शहरमा बस्दै आएका आसपासका नागरिकलाई जिल्ला जानै पर्नै बाध्यता अर्को पिडा छ।

    ८. उनिहरुलाई मनपर्ने पारिवारिक तथा ज्ञानवद्र्धक सिनेमाहरु परिवारमा बसेर हेर्न सकिन्छ जसबट उनिहरुलाई मोरल, सिनेमाको सार सिनेमा दिन खोजेको सन्देश  सिकाउन मद्धत हुन्छ । नयाँ नयाँ ,रोचक ज्ञानवद्र्धक पुस्तक पढन दिनु उचित हुन्छ दन्त्यकथा लाभदायी हुन्छ।

    ९. कतिपय मानीसहरु यो बिदामा देश बिदेश घुम्न जान्छन्। एक हिशावले अवसर पनि हो तर कलिला बालबालिकालाई देश बिदेश घुमाउनु पैसाको सत्यनास मात्र हो। उनिहरुले घुम्न मज्जा मान्छन तर बच्चामा घुमेको देखेको बिषय पछि गएर मानसपटलमा रहन्न तसर्थ यो बिषय पनि सोचनिय छ।

    १०. बालबालिकाहरुलाई लामो बिदामा घर भित्र खेल्न सकिने खेलहरुः लुडो, क्यारेमबोडर्, चेस, पोर्ट, ब्याडमिन्टेन, भलिवल, टेबुलटनिस आदि खेलाउने र खेल्न सिकाउने मौका पनि हो।

    ११. चाडबाडको बिदामा बच्चालाई नयाँ इन्ट्रुमेन्ट, बासुरी मुरलि, मादल, किबोडर्, हार्मोनियम, तबेला,  गितार आदि बजाउन सिकाउने तथा परिवारमा बसेर नाचगान गर्न सकिन्छ साथै आ–आफनो प्रतिभा देखाउने, सुनाउने जस्ता क्रियाकलाप पनि हुन्छन। चाडबाडमा अहिलेका आधुनिक बालबालिका तथा अभिभावकमा गलत परम्परा सुरु भएकोछ जसमा तास खेल्ने, घन्टौसम्म मोवाइल चलाउने, सुत्ने, घुम्न जाने चलन बढको छ  तर चाडबाडको महत्व र महिमा त्यो कदापी होईन बच्चाहरु पनि बिस्तार्रै त्यसको नक्कल गर्दैछन। हुन त अधिकास परिबारका सदस्य बिदेश भएकाले भिडियो कल गर्नु अन्यथा होईन तर पनि चाडबाडका बेला सबै समय मोबाइलमा बिताउनु गलत नै हो।

    चाडपर्व दशै, तिहार र छठका बेला लामो बिदा भएकाले सबैलाई रमाइलो गर्न मन लाग्छ तर सधै आमा, दिदि,बहिनी, श्रीमती र हजुरमाआलाई भान्सामा थुनेर पुरुषहरु रमाइलो गर्ने चलनलाई रोक्न दशैमा घर काजको कार्य बिभाजन गर्न सकिन्छ। यसबाट सबैलाई खुसी, हल्का र सन्तुष्टि मिल्छ अन्यथा महिलाहरु पिडित हुन्छन्। बच्चालाई यो सिकाउन पनि आवश्यक छ। गाउँघर तिर दशैंभर ठुला बढेका, हुर्केका छोराहरु बरालिएर साथिहरुसंग घर बाहिर जान्छन तर बुढा भएका बाबुहरु दिनभर मासु काट्दा काट्दा पाता दुखेर ऐया ऐआ भन्ने अवस्था पनि छ। हुन त आजकल एकदुई किलोले दशै मान्ने समयमा यस्तो नहोला तर सिंगै खसि खाने घरमा यो पिडा बिद्यमान छ।

    १२. चाडपर्वमा तयार गरिएका खानेकुरा व्यन्जनहरु कसरी सुरक्षितसंग लामो समय सम्म जोगाईराख्ने बिषयमा पनि हाम्रो पुरातन सोच र चलन व्यवहार महत्वपूर्ण छ। रेफ्रिजिरेटर मात्र सबैथोक होईन्न जस्तो कि मासु सबै भुटेर राख्ने दशैभर खान मिल्छ। सुकुटि बनाउने,अचार गाड्ने, मोल्ने। सेल रोटि, अनरसा, असार्, फिनी झिलिङा मुकौला आदि लाई कसरी लामो समयसम्म जोगाएर नबिग्रने गरि  राख्ने यी कुराहरु पनि बुढोपुस्ताबाट नयाँपुस्ताका बालबालिकामा ज्ञान हस्तान्तरण गर्न सकिन्छ अन्यथा हाम्रा परम्परा, रिवाज,चालचलन, धर्म, चाडपवर्, संस्कार सकिनेछन लोप हुनेछन्।

    एकजना भक्तपुरको साथीले आफ्नो बच्चालाई सानो बोल्ने बेलादेखि नेवारीमात्र बोल्न लगाउनु हुन्छ। नेवारीमा प्रखर बनाउन अभिभावकले समेत बच्चाको अगाडि नेवारी मात्र बोल्न गर्नु हुन्छ। किन भनि सोध्दा अरु भाषा पछि सिक्न सक्छ तर मातृभाषा पहिला सिकाउनु पर्यो।

    १३. दशेका पुराना खास मान्यताहरुमा मासु खाने, पिङ खेल्ने, मिठो खाने, राम्रो लगाउने, टिका थाप्ने, आसिर्वाद लिने, मिठा मिठा परिकार खाने हुन। अहिले दिनहुँजसो मासु खाने  भएपछि दशैमा मासुको खासै महत्व भएन यसका अलावा सेल रोटि सधै अन्य चाडबाडमा पनि पाक्ने भयो अर्थ रहेन दशैमा मात्र गरिने के हो जुन अरु बेला गरिन्न। टिका थाप्ने ,आर्शिबाद लिने, जमरा लगाउने, पिङ खेल्ने बिशेष छ। पिङ पनि अरु बेला पनि खेल्न पाइने भैसक्यो। दक्षिणा अरु बेला पनि पाइन्छ। यसकारण दशैलाई खास दशै बनाउन सबैजना बच्चादेखि वुढापाकासम्म भान्सामा जाने, काम बाड्ने, सबैले मिलेर गर्ने नयाँ नयाँ खानेकुरा बनाउने टेष्ट गर्ने, नयाँ स्वाद लिने, घरमै बस्ने, कुराकानी गर्ने, बिगतका राम्रा घटना सुनाउने सुन्ने, खाना र काम खुसि सबै बराबर बाड्ने गर्नुपर्छ। सामान्यतया घर परिवार होस या सामाजिक कार्य सबै खानेकुरामा अघि बढ्छन तर काम गर्न पछि सर्छन्। यसकारण घरमुलीले काम र खानाको बाडफाँड तारतम्य मिलाउनुपर्छ। जसबाट बालबालिकाले पनि सिक्छन्।

    १४. दशै तिहारमा चाडपर्वका बेला खाना फ्याक्ने कार्य व्यापक हुन्छ जसबाट घर, गल्लि, चौक, सडक फोहर र र्दुगन्धीत हुन्छ अर्कोतर्फ धन र पैसाको हिनामिना हुन्छ। यसकारण खानेकुरा धेरै ठुलोमात्रामा नबनाउने बनाएको खानेकुरा सबैजनालाई एकैठाँउ बसेर भाग लगाउने अनि मात्र खेर जार्दैन। पहिला पहिला गाँउमा बत्ति र ग्यास थिएन सुबिधा नभएकाले आगोबाट पकाउदा धेरै एकैचोटि पकाइन्थ्यो। अव यस्तो अबस्था छैन यसैले चाहिने बाड्न भाग लगाउन पुग्ने जति पकाउने र पटकपटक पकाउने गर्न सकिन्छ। यो पनि बालबालिकालाई नसिकाई नहुने सत्य हो।

    १५। दक्षिणाको बारेमा बालबालिकालाई हामीले भन्ने गरेको गच्छय अनुसार गर्ने शव्दको अर्थ बुझाँउ। बालबालिकाले जाने बुझेपछी त्यो कुरा दिगो र स्यायी रहन्छ  चिरकालसम्म लागु हुन्छ  अत्यथा बिरालो बाँधेर श्राद्ध गरे सरह हुन्छ। बुझाउने कुरामा कन्जुस्याई नगरौ। पुस्तान्तरण गर्दा हाम्रो कल्याण हुन्छ। परम्परा, चार्ड, पर्व,रिवाज संस्कृती बच्छ र जोगिन्छ। 

    १६. फजुल खर्च नगर्न, पैसा जोगाउन, पैसाको महत्व बुझाउन पनि यो दशै पर्व महान छ। पैसाका लागि बिदेशीएका दाजुभाई दिदिबिहिनी दशैमा घर नआँउदाको पिडा गित भाखाका गुन्जिछ जस्तै, बिछोडको पिडा नसकी खप्न दशैका बेलामा तिमीलाई आउदैछु  फर्कि रमाइलो गाउँमा। ५० लाख बढि नेपाली पैसाकै कमाउनको लागि बिदेशिएको कुराबाट  पैसा जोगाउन र बचाउन पनै बिषय सिकाउन र बुझाउन सकिन्छ।

    १७. दशैमा देबीको पुजा र आरधना गरेको शक्ति प्रदान गरेको आदि विषय पनि सिक्नका लागि तथा नारी शक्तीको महिमा र महत्व बुझाउन सिक्न लाभदायक छ। ब्रम्हा, बिष्णु र महेश्वर जस्ता देबताबाट देबिको आरधना गरि राक्षसको बध गराएको विषय नारी पुरुषको भेदभाव कम गर्न नारीको इज्जत गर्न सिकाउन र बुझाउन उपयोगी हुन्छ।

    १८. दशैमा माछा मासुको अलावा अन्य फलफुल, गेडागुडि सागसब्जी र हरियो तरकारी खानु पर्ने विषयमा बच्चालाई सिकाउनुपर्छ। साथै शाहाकारी खाना मांसाहारी भन्दा बढि स्वस्थ्यवद्र्धक हुन्छ। कुकुरले पनि हप्तामा एकदिन व्रत बस्छ भन्ने सुनिन्छ यस्ता विषयमा ज्ञान दिनुपर्छ। दशैको बेलामा बच्चाबच्चिहरुलाई काममा लगाउने, सिकाउने, खेलाउने, सफा गर्न सिकाउने र पकाउने नयाँ रिसिप चाख्ने बच्चाहरुलाई आफु संगसगै काममा तल्लिन गराउने, गार्डन बनाउने, फुल रोप्ने, गमला सजाउने, भान्सामा संगै राख्ने खानेकुरा बनाउन सिकाउने, टिभि फिल्म संगसंगै हेर्ने बच्चासंग रमाउने, उनिहरुको साथी जस्तै बनिदिने घुलमिल हुने आदि पर्दछन्। बच्चाको  आवश्यकता र आफनो आवश्यकतालाई संगसंगै परिपुर्ति गदै हासी खुसिका साथ दशै तिहारमा रमाइलो गरौ। पहिला पहिलाको समय जस्तो अभाव अहिले छैन सायद तर पनि बच्चालाई सेयरिङ र कियरिङ सिकाउन जरुरी छ बाबा आमा संग मात्र बस्ने मोबाइलमा खेल्ने भएर बच्चा एकहोरो र असमामाजिक भएकाछन यसकारण पनि दशै सामाजिक पर्व भएकाले सिक्न, जान्न र बुझन महत्वपूर्ण पर्व हुनेछ। 

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई