शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

जाजरकोटमा टेलिकमको ‘नमुना सेवा’ सुरु

एक्सप्रेस पाना
मंसिर १०, २०८० आइतबार
  • 189
    SHARES
  • जाजरकोटमा टेलिकमको ‘नमुना सेवा’ सुरु

    जाजरकोट । जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ।

    images

    नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो।

    टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ। सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो।

    images

    नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको निर्देशक पहाडीले बताए। उनीसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गरेका थिए। 

    भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताए। भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उनको भनाइ थियो।

    जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले यस क्षेत्रमा सञ्चारको समस्य र समाधानका विषयमा निर्देशक पहाडीको टोलीलाई जानकारी गराएका थिए। सडक निर्माणका क्रममा रुकुम पश्चिम र जाजरकोट हुँदै डोल्पा पुग्दा सञ्चार अभावका कारण परेका समस्याबारे जानकारी दिँदै नमुना सेवा विस्तार भए सबैको मन जित्ने उनले विश्वास व्यक्त गरे।

    सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माको निर्देशन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्चस्तरीय टोली गाउँगाउँमा पुगेको थियो। आवश्यक स्थानमा थप टावर निर्माणका लागि पालिकासँग सम्पर्क गरेर प्राविधिक खटाउने व्यवस्था मिलाइएको जनाउँदै अहिले निर्माण भइरहेका टावरबाट गुणस्तरीय र भरपर्दो सेवा दिन लागिएको पहाडीले जानकारी दिए।