सोमबार, कार्तिक १७ गते २०८३
images
images

विषालु सर्पले डस्दा दिदीभाइको मृत्यु

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 303
    SHARES
  • विषालु सर्पले डस्दा दिदीभाइको मृत्यु

    असोज ६ सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् ।

    images

    घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले बताए ।

    राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।

    images