सोमबार, कार्तिक १७ गते २०८३
images
images

युवा पत्रकारिता पुरस्कारबाट दुलाल सम्मानित

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 445
    SHARES
  • युवा पत्रकारिता पुरस्कारबाट दुलाल सम्मानित

    असोज ६ काठमाडौं । प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कारबाट जगन्नाथ दुलाल सम्मानित भएका छन् । आज (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी छन् ।

    images

    प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।

    विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका दुलाल हाल न्यूज २४ मा रिपोटिङ इन्चार्जका रुपमा क्रियाशील छन् ।

    images

    न्यूज २४ टेलिभिजनका रिपोर्टिङ इञ्चार्ज रहेको पत्रकार दुलालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । सिन्धुपाल्चोक स्थायी ठेगाना भएका दुलालले आफ्नै घरखेत बगाउँदा पनि मेलम्ची बाढीमा रिपोर्टिङ गरेका थियो ।