शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

कस्ताे रहला आजकाे माैसम ?

एक्सप्रेस पाना
मंसिर २१, २०८० बिहीबार
  • 223
    SHARES
  • कस्ताे रहला आजकाे माैसम ?

    काठमाडौं, मंसिर २१ । नेपालमा हाल पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

    images

    अहिले बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागकाे मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। 

    images

    आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन्।