सोमबार, कार्तिक १७ गते २०८३
images
images

सवारी दुर्घटनामा एक जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 524
    SHARES
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    असोज ८ इलाम । सवारी दुर्घटनामा परी गए राती इलाममा एक जनाको मृत्यु भएको छ । माइजोगमाइ गाउँपालिका ५ सोयाङ स्थित गणेश गोलाइमा इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ न. को पिक अप गाडी  रोकिएको बेला सोही गाडीमा सवार माइजोगमाइ गाउँपालिका ५ बस्ने वर्ष ५७ को खिर कुमार तामाङको मृत्यु भएको हो । 

    images

    गाडी रोकेर बाहिर शौच गर्न  गएको अवस्थामा गाडी पछाडि सरे पछि तामाङको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सन्दकपुर गाउँपालिका १ माइपोखरी  बस्ने वर्ष ३०  को महेश राईलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।