सोमबार, कार्तिक १७ गते २०८३
images
images

टिपरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 463
    SHARES
  • टिपरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

    असोज १० बनेपा । काभ्रेको धुलिखेलमा टिपर र मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको धुलिखेल नगरपालिका– ३ अरनिको राजमार्गअन्तर्गत होटेल अरनिको अगाडि टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो ।

    images

    शुक्रवार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३–०२००७ प ४०८८ नम्बरको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

    घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक रेग्मीलाई उपचारकालागि धुलिखेल अस्पताल लगिएको थियो । रेग्मीको उपचारका क्रममा मृत्यु भएको हो ।

    images