शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी

एक्सप्रेस पाना
माघ २७, २०८० शनिबार
  • 256
    SHARES
  • कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी

    काठमाडौँ, २७ माघ . भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ। राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो।

    images

    आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको कमान्डमा २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले ३ बजे आगो नियन्त्रणमा लिएको नेपाली सनोका सहसेनानी केसीले जानकारी दिनुभयो।

    आगलागी नियन्त्रणका लागि जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरबाट दुईवटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल परिचालन गरिएको थियो। आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतितर्फ रु १५ लाख बराबरको क्षति भएको जनाइएको छ।

    images