रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाले किसानलाई पेन्सन दिनुपर्ने माग गरेको छ। कृषि र किसानलाई सरकारले सुविधान नदिने तर राजस्व हिनामिना गर्ने पुँजीपती वर्गलाई संरक्षण गर्ने गरेको उनीहरुको आरोप समेत छ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ७ पिपरियामा आज सम्पन्न वडा स्तरीय किसान मोर्चाको भेलाले कृषि र किसानको हकहितका लागि संघर्ष गर्ने निष्कर्ष समेत निकालेको छ।
किसान मोर्चाका नेता दोरिक पटेलको अध्यक्षता र आईटी आर्मीका केन्द्रीय सचिव रबिन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले किसानलाई मल खाद्य, बीउँ, सिंचाई लगायतको व्यवस्था समयमै गर्नुपर्ने सरकार आफ्नो जिम्मेवारी पुरा नगरेको निष्कर्ष समेत निकालेको छ।
किसानलाई सरकारले समयमै मल खाद्य, बीउ, सिंचाई उपलब्ध गराउँनुपर्ने माग गर्दै भेलाले सरकारले आफ्नो कमजोरी लुकाउँ बिभिन्न बाहाना गदै किसानलाई दुख दिने गरेको जनाएका छन्।
भेलामा उपमेयर प्रत्याशी ज्ञानकला देवी, अमिनद्र यादब, रूपलाल राम, कनहाई शाह, जयराम शाह लगतातको विशेष सहभागिता रहेको थियो। भेलाले किसान मोर्चाको संगठन विस्तार गर्दै किसानको हकहितका लागि आवाज उठाउँने किसान नेताहरुले उदघोष गरेका छन्।
.jpg)


