असोज ११ चरिकोट । नेपालका प्राय ग्रामीण भेग मात्रै हैन शहरी भेग पनि हरेक बर्षमा सडकहरु हिलाम्मे हुनेगर्छ । विशेष गरि यस्ता समस्या ग्रामीण भेगका आम सर्वसाधारण जनताले बढि सास्ती खेप्नुपरेको छ । हो यस्तै उदाहरण दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा न.३ मा रहेको छ।
यहाँ रहेका सम्पुर्ण सडकहरु बर्षाको कारण हिलाम्मे र खाल्डाखुल्डी भएकाले सवारी साधनहरु चल्न नसक्ने हुने गर्दै आएको छ । आम सर्वसाधारण आवत जावत गर्न खाद्यान्न तथा हरेक सामानहरु ओसारपसार गर्नको लागि पनि निकै कठिन थियो ।

नेपालीहरुको महान बडाँदशै नजिकिए संगै दशै लक्षित गरि वडामा रहेका सम्पुर्ण सडक हरुमा मर्मत कार्य गरि नियमित रूपमा यातायात संचालन गर्नका लागि वडा अध्यक्ष स्वयम लागि परि सो बर्षाको कारण बिग्रेका सडक मर्मत सम्भार कार्य गरिरहनु भएको छ।
बर्षाका कारण अवरुद्ध हिलाम्मे सडक मर्मत नहुँदा स्थानीय जनताले सास्ती खेप्नु परेको बेला महँगो भाडा असुली बोलेरो चड्नु पर्ने मध्यनजर गर्दै स्वयम् आफू नै सहभागी भइ सडक मर्मत कार्य सम्पन्न गरेको वडा अध्यक्ष निशान बुढाथोकीले जानकारी दिनुभयो ।
विगतमा पनि उहाँ सक्रियता यस्ता थुप्रै सामाजिक कार्य भएका छन् । युवा पुस्तालाई लागि बढि अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने बुढाथोकीको अगुवाइ समाजमा निकै ठूलो परिवर्तन आएको पाइएको छ ।

.jpg)


