सोमबार, कार्तिक १७ गते २०८३
images
images

पशुपतिनाथको मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार, ‘माल निकाल भन्यो छैन भन्दा खुकुरी हान्यो’

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 329
    SHARES
  • पशुपतिनाथको मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार, ‘माल निकाल भन्यो छैन भन्दा खुकुरी हान्यो’

    असोज ११ काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

    images

    उनीमाथि गाँजा माग्दै एक व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल -गाँजा_ निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खुकुरी प्रहार गरि सो व्यक्ति फरार भएछन्।’

    प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन् । ३५ वर्षका बाबा सन्तोष बिहान विश्वरुपा मन्दिर नजिकै शौचालयतर्फ जाँदै थिए । सोही समयमा उनीमाथि खुकुरी प्रहार भएको हो । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    images