सोमबार, कार्तिक १७ गते २०८३
images
images

कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 202
    SHARES
  • कपिलवस्तुमा बससँग विङ्गर ठोक्कियो : ९ घाइते, चार गम्भीर

     असोज १२ कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् ।

    images

    रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज ३००६ नम्बरको विङ्गर ठोकिँदा नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । 

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन् ।

    images

    बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।