काठमाडौं । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या आरोप लागेका कालीबहादुर खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन श्रेष्ठका परिवारले गृहमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
बिहिबार श्रेष्ठकी पत्नी रमिला श्रेष्ठ र छोरा रोहनले गृहमन्त्री रवि लामिछानेलाई भेटेर हत्या आरोपीलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन आग्रह गरेका हुन् ।
पतिको हत्या आरोप लागेका खामलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएपछि धम्की आएको भन्दै आवश्यक सुरक्षाको प्रवन्ध गरिदिन आग्रह गरिन् ।
गृहमन्त्री लामिछानेले कानुनभन्दा माथि कोही नभएको भन्दै सबैलाई कानुनअनुरुप कारबाही हुने बताए । न्यायलयमाथि कसैले प्रश्न उठाउन नमिल्ने भन्दै अनुसन्धान र अदालतमा मुद्दा चलाउँदा कमीकमजोरी हुन नदिने उनको भनाई छ ।
२०६५ साल वैशाख १५ गते व्यवसायी श्रेष्ठको हत्या भएको थियो । श्रेष्ठको हत्याका प्रमुख योजनाकार भनिएका १५ वर्षदेखि फरार कालीबहादुुर खाम गत चैत २० गते ठमेल क्षेत्रबाट पक्राउ परेका थिए ।
.jpg)


