शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

ललितपुर महानगरपालिकाका भूकम्पले भत्किएका पाटी, पौवा पुनः निर्माण गरिएको छ: चिरीबाबु महर्जन

एक्सप्रेस पाना
बैशाख ७, २०८१ शुक्रबार
  • 210
    SHARES
  • ललितपुर महानगरपालिकाका भूकम्पले भत्किएका पाटी, पौवा पुनः निर्माण गरिएको छ: चिरीबाबु महर्जन

    काठमाडौं । ललितपुर महानगरपालिकामा २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी, पौवा पुनः निर्माण गरिएको बताइएको छ । 

    images

    विश्व सम्पदा दिवसको अवसरमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस्तो बताएका हुन् ।

    उनले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताउदै यसको संरक्षणका लागि महानगर सधैं सक्रिय रहेको र वर्षौंदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उनले दाबी गरे।

    images

    विश्व सम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो।