काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छन् ।
आइतबार सिंहदरबारमा एक समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट पूर्वराजदुत समेत रहेकी उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।
शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गरेका थिए ।
.jpg)


