आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएलमा दिल्ली क्यापिटल्सलाई हराउदै कोलकोता नाइट राइडर्स विजयी

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 302
    SHARES
  • आइपिएलमा दिल्ली क्यापिटल्सलाई हराउदै कोलकोता नाइट राइडर्स विजयी

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

    images

    सोमबारराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।

    दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।

    images

    यो जितपछि कोलकोताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी दिल्लीको भने यो यस सिजनमा छैटौं हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अंकसहित छैटौं स्थानमा रहेको छ ।
     

  • सम्बन्धित विषय:

  • # आइपिएल