सोमबार, कार्तिक १७ गते २०८३
images
images

बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 546
    SHARES
  • बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु

    असोज १३ बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ चौडलीका १२ वर्षीय सुरजराम सार्कीको सर्पको टोकाइबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए । 

    images

    घरभित्र सुतिरहेका बेला सुरजलाई मंगलबार राति साढे ११ बजे सर्पले टोकेर ज्यान गएको कार्कीले जानकारी दिए। सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।