आइतबार, भाद्र २८ गते २०८३
images

राजस्थान रोयल्समाथी सनराइजर्स हैदरावाद विजयी

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 244
    SHARES
  • राजस्थान रोयल्समाथी सनराइजर्स हैदरावाद विजयी

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

    images

    बिहिबारराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो ।

    सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो ।

    images

    यस अघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

    यो जितपछि सनराइजर्सको १० खेलमा ६ जित र ४ हारसहित १२ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

    त्यसैगरी राजस्थानको भने यस सिजनमा यो दोस्रो हार हो । १० खेलमा ८ जितसहित १६ अंक हासिल गर्दै राजस्थान शिर्ष स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल