सोमबार, कार्तिक १७ गते २०८३
images
images

चितुवाको छालासहित दुई जना पक्राउ

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 568
    SHARES
  • चितुवाको छालासहित दुई जना पक्राउ

    असोज १३ गुल्मी । गुल्मीमा चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । छत्रकोट गाउँपालिका-३ को लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयका अनुसार चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

    लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले छत्रकोट गापालिका-२ भेडुवाका २७ वर्षीय सुमन खनाल र सोही ठाउँका ३१ वर्षीय हरिबहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका दुवै जनालाई  आवश्यक कारवाहीको लागी वन डिभिजन बन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।