आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएलको फाइनल खेलमा आज कोलकोता नाइट र सनराइजर्स हैदरावाद

एक्सप्रेस पाना
जेठ १३, २०८१ आइतबार
  • 267
    SHARES
  • आइपिएलको फाइनल खेलमा आज कोलकोता नाइट र सनराइजर्स हैदरावाद

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल आज हुदैछ ।

    images

    फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि शुरु हुने छ ।

    कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।

    images

    कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो । 

    त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

    सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।

  • सम्बन्धित विषय:

  • # आइपिएल