शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

औषधिको प्रयोजनका लागि नियमावली बनाएर गाँजा खेती गर्न दिनुपर्छ: अर्थमन्त्री पुन

एक्सप्रेस पाना
जेठ २५, २०८१ शुक्रबार
  • 192
    SHARES
  • औषधिको प्रयोजनका लागि नियमावली बनाएर गाँजा खेती गर्न दिनुपर्छ: अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधिको प्रयोजन र रिसर्चका लागि गाँजा खेती गर्न दिनुपर्ने बताएका छन् । 

    images

    शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले नियमावाली बनाएर भए पनि औषधीय प्रयोजनका लागि खुला गर्नुपर्ने बताएका हुन् ।

    उनले गाँजाबाट उत्पादन हुने कर्चा पदार्थहरूबाट कागज तथा कपडा उत्पादन हुने भएकाले त्यसको पातबाट औषधि उत्पादन हुने र त्यसका लागि ऐन तथा नियमावली बनाएर अगाडि बढ्नुपर्ने बताए । 

    images

     उनले भने, "गाउँघरमा अहिले पनि गाँजा उत्पादन भइरहेको छ । यसबाट उत्पादन हुने कच्चा पदार्थबाट धेरै उपयोगी सामान पनि बनेका छन्,” ।“यसको प्रयोगको विषयमा कानुनी व्यवस्था हुनुपर्छ । यसबाट धेरै कच्चा पदार्थ उत्पादन हुन्छ । प्रयोगको विषयमा भने सामाजिक चेतना र जागरण फैलाउनुपर्छ ।”
     

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पुन