शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु माग गर्दै संसद सचिवालयका कर्मचारीहरुको बिरोध

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 276
    SHARES
  • अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु माग गर्दै संसद सचिवालयका कर्मचारीहरुको बिरोध

    काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै बिरोध गरेका छन् । 

    images

    मंगलबार संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । 

    उनीहरुले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् । कर्मचारीहरुले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर बिरोध जनाएका थिए ।

    images

    संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।