शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

पहिरोका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 279
    SHARES
  • पहिरोका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध

    काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका– ६ खरखरेभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।

    images

    हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभीर नै हो ।

    यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।