काठमाडौं । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ।
शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बसका यात्रुको भएको प्रहरीले जनाएको छ।
गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बेपत्ता भएको थियो।
काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए। बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ।
.jpg)


