काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-५ रिसामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।
निरन्तरको बर्षापछी पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा पाँचजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
घटनबारे खबर प्राप्त हुनासा बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको दाहालले जानकारी दिए ।
.jpg)


