शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘१२ गाउँ’को नयाँ पोस्टरमा विराज भट्ट र समीर

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 348
    SHARES
  • चलचित्र ‘१२ गाउँ’को नयाँ पोस्टरमा विराज भट्ट र समीर

    काठमाडौं । चलचित्र ‘१२ गाउँ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा पोस्टरमा चलचित्रका दुई मुख्य पात्र समीर भट्ट र विराज भट्ट फिचर्ड छन् । 

    images

    यो चलचित्रको मुख्य भूमिकामा समीर छन् । सीमर यही चलचित्रमार्फत नेपालीचलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । 

    विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् ।

    images

    चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

    विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘१२ गाउँ’
  • # विराज भट्ट