शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

मर्स्याङ्दी नदीमा बस खस्दा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भारत पठाइयो

एक्सप्रेस पाना
भाद्र ८, २०८१ शनिबार
  • 216
    SHARES
  • मर्स्याङ्दी नदीमा बस खस्दा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भारत पठाइयो

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भारत लगिएको छ।

    images

    शनिबार भारतीय वायु सेनाको जहाजले भरतपुर विमानस्थलबाट उक्त शवहरू लगिएको हो । 

    चितवन मेडिकल कलेजमा पोस्टमार्टमपछि उक्त शवहरू भारत पठाइएको हो। मृतक २७ मध्ये २५ जनाको शव भारतीय वायु सेनाको जाहाजमार्फत पठाइएको हो। 

    images

    मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आएकी थिइन्। उनी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेलाई भेटेर भरतपुर पुगेकी थिइन्।

    शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको निधन भएको थियो। पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बसमा ४३ जना सवार थिए। त्यसमध्ये २७ जनाको निधन भएको थियो भने बाँकी १७ जनाको उपचार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # मर्स्याङ्दी नदी