काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन भएपछि पक्राउ परेका पूर्व डिजाइजी छवीलाल जोशीलाई पाँच दिनको म्याद थप भएको छ।
जिल्ला अदालत कास्कीले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। आइतबार काठमाडौँमा पक्राउ परेका जोशीलाई राति त्रिभुवन विमानस्थल हुँदै जहाजबाट पोखरा ल्याइएको थियो।
सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेकोमा पाँच दिनको अनुमति पाएको छ।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेपछि सन्चालक रहेका जोशीलाई संसदीय विशेष छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनले कारबाही सिफारिस गरेपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो।
.jpg)


