काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।
सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । प्रहरीका अनुसार पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन सकिएको छैन् । सडक अवरुद्ध हुँदा सवारीआवागमनमा असर परेको छ ।
मौसम पुर्वानुमान महाशाखाको अनुसार नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
.jpg)


