शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 266
    SHARES
  • अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

    काठमाडौं । पूर्णरूपमा अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

    images

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

    बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । 

    images

    दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # बुटवल–नारायणगढ