शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

लमजुङबाट एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 208
    SHARES
  • लमजुङबाट एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

    काठमाडौं । लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिएका हुन् ।   

    images

    डिएसपी श्रीवास्तवका अनुसार , बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल रहेका छन् । दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालय लमजुङले गएको कार्तिक ११ गते एक सूचना जारी गरेर  हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्ष सम्म पनि नविकरण नभएका हातहतियारहरु सुरक्षा निकायमा वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको थियो ।  

    images

    स्थानीय प्रशासनले जारी गरेको सोहि सूचना अनुरुप लमजुङ जिल्लामा दर्ता भएका साना तथा ठुला गरेर चार सय ७० वटा हतियारहरुमध्ये एकसय १४ वटा बन्दुकधनीहरुले मात्र आफ्नो बन्दुक नवीकरणका लागि आबेदन दिएर बन्दुक संचालनको इजाजत पत्र पाएका छन् ।   

    बाँकी अबैध हतियारहरुको खोजी कार्यलाई तीब्रता दिइएको डिएसपी श्रीवास्तवले जानकारी दिए । साथै प्रहरीले आफूसंग भएका अवैैध हतियारहरु नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध पनि गरेको छ ।   

    नेपाल न्युज बैकं
     

  • सम्बन्धित विषय:

  • # बन्दुक बरामद