शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

पर्यटन व्यवसायी प्रेम घलेको निधन

एक्सप्रेस पाना
माघ ४, २०८१ शुक्रबार
  • 249
    SHARES
  • पर्यटन व्यवसायी प्रेम घलेको निधन

    काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको हो ।

    images

    घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको  दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    घले सक्सेस ट्राभल्सका संचालक हुन । उनले ट्राभल्ससङ्गै अन्य व्यावसाय पनि संचालन गर्दै आएका थिए ।

    images

    नेपालमा गुणस्तरीय पर्यटक भित्राउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घलेको निधनसङ्गै नेपालले एक सफल युवा पर्यटन व्यावसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन व्यावसायीहरुले दुख व्यक्त गरेका छन ।

  • सम्बन्धित विषय:

  • # प्रेम घले