शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 194
    SHARES
  • नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

    काठमाडौं । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको  छ ।

    images

    इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्ती सग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतिय नागरिकलाई  पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए । 

    images

    उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकि मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए । 

    पक्राउ परेका कलामलाई म्याद थप  गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।