आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:कोलकोतालाई ७ विकेटले पराजित गर्दै आइरसीबीको विजयी शुरुवात

एक्सप्रेस पाना
चैत्र १०, २०८१ आइतबार
  • 264
    SHARES
  • आइपिएल:कोलकोतालाई ७ विकेटले पराजित गर्दै आइरसीबीको विजयी शुरुवात

    काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा विजयी शुरुवात गरेको छ ।

    images

    शनिबार सम्पन्न खेलमा आइरसीबीले कोलकोता नाइट राइर्डसलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    १७५ रन्को लक्ष्य पछाएको आरसीबीले १६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । आरसीबीको जितमा विराट कोहलीले अविजित ५९ रन बनाएका थिए भने फिल साल्टले ५६ , कप्तान रजत पाटीदारले ३४ रन बनाए । 

    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

    कोलकोताका लागि  कप्तान आजिख्य रहानेले सर्बाधिक  ५६ रन बनाएका थिए भने सुनिल नारनले ४४ रन बनाएका थिए । त्यस्तै अन्क्रिश रघुबंशीले ३० रन बनाएका थिए ।

    त्यसैगरी रोयल च्यालेन्जर्सका बलर क्रुनाल पाण्डेयले ३ विकेट लिए भने जोश हजेलवूडले २ विकेट लिएका थिए ।

    खेलको प्लेयर अफ द म्याच ४ ओभरमा २९ रन दिएर ३ विकेट लिएका क्रुनाल पाण्डेय बनेका थिए ।
     

  • सम्बन्धित विषय:

  • # आइपिएल