शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा दिव्या रायमाझी

एक्सप्रेस पाना
चैत्र १०, २०८१ आइतबार
  • 382
    SHARES
  • प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा दिव्या रायमाझी

    काठमाडौं । प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्राण्ड एम्बेसडरमा अनुमोदन गरेको छ । 

    images

    आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईले उनलाई एम्बेसडरको घोषणा गरेका हुन् । 

    कार्यक्रममा अभिनेत्री रायमाझीले उक्त कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा एकदमै खुसी लागेको भन्दै आगामी दिनहरुमा यस कन्सल्टेन्सीको माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाईड गर्ने प्रतिबद्धता जनाइन् । 

    images

    उनले भनिन,‘विगत ७ वर्षदेखि नै यस कन्सल्टेन्सीले विद्यार्थीहरुरुको हितमा काम गरिरहेको यो नै ठूलो सफलता हो जस्तो लाग्छ । कन्सल्टेन्सीलेको काम देखेरै मलाइ साच्चै खुसी लागेको छ । आगामी दिनहरुमा कन्सल्टेन्सीका माध्यमबाट विद्यार्थीहरुलाई सहयोग र गाइड गर्नेछु ।’ 

    त्यस्तै कन्सल्टेन्सीका प्रमुख प्रसाईले यतिबेलाकी युवा पुस्तामाझ लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको व्राण्ड ऐम्बेसडरको रूपमा नियुक्ति गराउन पाउँदा निकै खुसी लागेको बताए । 

    त्यस्तै अभिनेत्री दिव्या रायमाझीको उपस्थितिमा मार्च २७ का दिन संस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्न लागेको पनि उनले जानकारी गराए । 

  • सम्बन्धित विषय:

  • # दिव्या रायमाझी
  • # प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी